दाङ । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलका दाइका छाेरासहित विभिन्न पार्टी परित्याग गरी ६० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
शनिबा दाङकाे घाेराहीमा एक कार्यक्रमको बीचमा उनीहरूले काङ्ग्रेसमा प्रवेश गरेका हुन् । एमाले महासचिव पाेख्रेलका दाइका छाेरा अभिवादन पाेख्रेल एमाले परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका हुन् । अभिवादन पाेख्रेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शङ्कर पाेख्रेलका दाइ देबी पाेख्रेलका छाेरा हुन् ।
देवी पाेख्रेल पनि दाङका पुराना कम्युनिस्ट नेता हुन् ।
पार्टी प्रवेश गर्दै पाेख्रेलले भने, ` घरकै काका शङ्कर मुख्य मन्त्रीदेखि पटकपटक पार्टीको जिम्मेवार पदमा रहेर काम गर्दाकाे शैली मलाई मन परेकाे थिएन । जनताका लागि काम गर्ने त आदर्शमा मात्र सीमित देखेँ ।
काकाकै काम गराइकाे शैलीले एमालेले जनताका लागि केही गर्लाजस्ताे लागेन । खालि नजिकका आसेपासे र कार्यकर्ता मात्र पाेसाउने गरेकाे देखेँ । एमाले जनताकाे पार्टी बन्न नसक्ने देखेर जनताकाे भराेसाकाे पार्टी काङ्ग्रेसमा प्रवेश गरेकाे हुँ,पोख्रेलले भने ।´
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६० जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा घाेराही उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार भूपबहादुर डाँगीले स्वागत सम्मान गरेका थिए ।
नेकपा एसका युवा नेता भीमबहादुर थापाकाे पहलमा नवप्रवेशीहरूले पार्टी प्रवेश गरेका हुन् ।