
Ppu
mss
gis
Csb
Ssb
Rsb
Gsb

Tsb
Ssb

Rgu
Nps
दाङ । नेपाली काङ्ग्रेसका नेता बुद्धिप्रकाश चौधरीले राप्ती गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आसन वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काङ्ग्रेसले पालिका अध्यक्षका लागि चौधरीलाई टिकट नदिएपछि काङ्ग्रेस विरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफुले पाउनु पर्ने टिकट अन्तिम अवस्थामा आएर जगदम्बाकुमारी चौधरीलाई दिएपछि आफु असन्तुष्ट भएको चौधरीले बताए ।
सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । स्वर्गीय श्रीनाराण चौधरीका छोरा समेत रहेका चौधरीले अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात गरेको र अहिले आएर पनि पार्टी भित्र गुटबन्दी गरेर रातारात उम्मेदवारी टुंगो लगाएको बताए ।
पार्टीबाट आफुले टिकट पाउने निश्चित भए पनि पार्टी भित्रै चलखेल गरि मै खाँउ मै लाउ भन्ने कुरा हाँवी हुँदै गएको आरोप समेत लगाएका छन् । उनले वर्तमान स्थानीय सरकार प्रमुखको काम अधुरै रहेकोले ती अधुरा काम पुरा गर्न र समग्र गाउँपालिकाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
