
Ssbus
Sssbus1
tssbus
Bs1
Ssbus
Gsl
Ssbus
Sssbus1
ssbus
nsm
Pbu

Rgu
nsb
Vor
Pvg
Rgu
Rgs
Ssm
Rsb
Bbbpu
Bbu
Asm
Sbs
Gst
Sls
Wsp
Tsm
Ggd
Ksm
Hal

Rpp
Jmb
Bml
Syp
Jmb
sab
Rmb
Pls
Mks
Abd
Gsb
Ptm
bbt
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा (माओवादी)केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।
उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।
माओवादी कार्यकर्ताबीचको झडपका कारण चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय तनावग्रस्त भएको छ । तोडफोड र झडपका कारण उम्मेदवारी मनोनयन प्रक्रियासमेत अवरुद्ध भएको छ ।
चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् । माओवादीकै दुई पक्षबीच झडपका क्रममा निर्वाचन कार्यालयका झ्यालको सिसाहरु फुटेका छन् ।
३० मत पनि नभएको नेकपा एसलाई वडाध्यक्ष दिइएको भन्दै माओवादी कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । यसैबीच चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
