
gis
mss
Rsb
Gsb
Ppu
Csb
Ssb

Tsb
Ssb

Rgu
Nps
दाङ । नेपाली काङ्ग्रेसद्वारा लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित ९ वटै वडा अध्यक्षको नामबाट उम्मेदवारी दर्ता गरेको छ ।
आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनद्वारा लमही नगरपालिकाको नगर प्रमुख पदका लागि जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीको नाम दर्ता गरेको हो ।
त्यस्तै वडा अध्यक्षहरुमा वडा नम्बर १ मा दामोदर पौडेल,वडा नम्बर २ मा नेपालु चौधरी उहाँ दोहोरिनु भएको हो । यस्तै वडा नम्बर ३ मा मनोज चौधरी,४ मा सुवास न्यौपाने उहाँपनि दोहोरिनु भएको छ । त्यस्तै,५ मा कुमार घिमिरे,६ मा श्यामनारायण चौधरी,७ मा मोहन गिरी उहाँपनि अध्यक्षमा दोहोरिनु भएको हो । यसैगरी वडा नम्बर ८ मा उमेश खड्का, वडा नम्बर ९ मा भेषराज केसी (रमेश) उहाँ पनि दोहोरिनु भएको छ ।
नेपाली काङ्ग्रेस लमही नगर कमिटीको नेतृत्वमा
सोमबार निर्वाचनको कार्यालय लमहीमा पुगेर नगर प्रमुख,उपप्रमुख र नौ वटै वडा अध्यक्ष तथा सदस्यहरुको नामबाट उम्मेदवारी दर्ता गरेको लमही नगर कमिटीका इकाई सभापति सन्तोष बुढाथोकीले जानकारी दिनु भयो ।
