
Mbdvs
Gmk
Anm
mbd
Sds
Ksm
Pbu
Rbs
Gisld

Ssm
Sbs
Ksm
Rsb
Rgu
Sls
Asm
Rgu
nsb
Hal
Bbbpu
Wsp
Gst
Bbu
Rgs
Pvg
Ggd
Tsm
Vor

Jmb
Rmb
Jmb
Gsb
Rpp
Ptm
bbt
Abd
Syp
Pls
sab
Mks
Bml
दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सोमबार उम्मेदवारी दर्ता गराएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट प्रकाश बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
भने उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केशबराज खनालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडा नम्बर १ मा वडा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट ठाकुरप्रसाद आचार्य, वडा नम्बर २ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट पहलमान चौधरी (अनुप), वडा नम्बर ३ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट तुला गिरी, वडा नम्बर ४ मा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट वीरबहादुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसै गरि वडा नम्बर ५ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट चित्रबहादुर थापा मगर, वडा नम्बर ६ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट दिपक चौधरी, वडा नम्बर ७ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट सुरेशकुमार चौधरी, वडा नम्बर ८ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट रामचन्द्र चौधरी र वडा नम्बर ९ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट रिमबहादुर सुनारी मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समयको छलफल पछि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनाबी तालमेल गरेर जाने सहमति भएको हो । ४७ जना जनप्रतिनिधि मध्ये राष्ट्रिय जनमोर्चाले पालिका उपाध्यक्ष सहित २ वडामा वडा अध्यक्ष सहित ६ जना सदस्य पाएको छ । भने माओवादी केन्द्रले ३८ जना पाएको छ ।
५ दलिय गठबन्धन मध्य राप्तीमा माओवादी केन्द्र र जनमोर्चाले गठबन्धन गरेका हुन । नेपाली कांग्रेस, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टी भने एकला एक्लै निर्वाचनमा होमिएका छन् ।
