
Csb
Gsb
mss
Ssb
Rsb
gis
Ppu

Ssb
Tsb

Rgu
Nps
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाद्वारा टोपेन्द्र खनाल र उपाध्यक्षमा गीता चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
आसन बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि खनाल र चौधरीले राप्रपाबाट आफ्नो उम्मेदवारी दिनु भएको हो ।
त्यस्तै वडा नम्बर १ को अध्यक्षमा दिपक मतवाला, वडा नम्बर २ मा हरिशरण चौधरी वडा नम्बर ३ मा नर बहादुर खत्री,वडा नम्बर ४ मा राम गणेश अहिर, त्यस्तै वडा नम्बर ७ मा लिलाधर बस्नेतको नाम उम्मेदवारीमा दर्ता भएको छ । यस्तै अन्य ५ नम्बर वडा र ६ नम्बर वडामा उम्मेदवारी नदिएको राप्रपा राजपुर गाउँ कमिटीका अध्यक्ष टोपेन्द्र खनालले जानकारी दिनु भयो ।
