Sidha Patra सोमबार, बैशाख १२, २०७९

दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँकमिटीले गढवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।

काङ्ग्रेसले आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनद्वारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गराई गाउँपालिकामा जनप्रतिनिधिको रुपमा विजय गराउन सोमबार आज गढवामा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारीको नाम दर्ता गराएको हो । जसका लागि गाउँपालिकाको अध्यक्षमा सर्बजित डिसी र उपाध्यक्षमा शारदा चौधरीक नामबाट उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै गढवा गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा माधव सापकोटा,वडा नम्बर २ मा माहाविर चौधरी,३ मा गुरुप्रसाद चौधरी,४ मा गुलाम मोहम्मद जागा मुसलमान यस अघिका वडा अध्यक्ष दोहरिएको,५ मा लेख बहादुर थापा,६ मा बालचन्द्र हमाल यस अघिकै वडा अध्यक्ष दोहोरिनु भएको हो ।

यस्तै वडा नम्बर ७ मा राहुलदेव चौधरी यस अघिकै वडा अध्यक्ष दोहोरिनु भएको छ भने वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रसंगको गठवन्धनद्वारा माओवादीको तर्फबाट वडा अध्यक्ष अबदुल वहाप सिद्धकिको उम्मेदवारी रहेको छ ।

त्यस्तै वडा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट अबदुल गुद्रस सिद्धकिको उम्मेदवारी दर्ता गरिएको नेपाली काङ्ग्रेस गढवा गाउँपालिका इकाई सभापति किरण पौडेलले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]