दाङ । निर्वाचन सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीहरु आइतवार देखि कार्य क्षेत्रमा खटिन थालेका छन् । दाङमा चैत्र ६ गते देखि ११ गते सम्म म्यादी भर्नाका लागि आबेदन लिइएको थियो । त्यसपछि दौड, शारिरीक अभ्यास, लिखित र मौखिक परिक्षामा सहभागि भएकाहरुबाट १७ सय ७ जना म्यादीमा छनौट भएका थिए ।
त्यसपछि १० दिने तालिम लिएका म्यादीहरुलाई आइतबार देखि कार्यक्षेत्रमा खटाउन थालिएको हो । आइतवार राप्ती, गढवा, शान्तिनगर लगाएतका पालिकामा उनिहरुलाई पठाईएको छ । विभिन्न डेढ दर्जन समानहरु लिएर उनिहरुलाई मतदान स्थलको नजिकमा पर्ने प्रहरी चौकीमा पठाईएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
२५ गते सम्म उनिहरु प्रहरी चौकीमा बस्ने र त्यहाँ तालिम तथा अभ्यासको काममा सहभागी भएर मात्रै चुनावमा खटिने भएका हुन । एउटा मतदान स्थलमा ६ देखि १२ जना सम्म म्यादीलाई खटाईएको एसपी काफ्लेको भनाई छ । जिल्लामा निर्वाचन सुरक्षार्थ ३ हजार सुरक्षाकर्मी परिचालन हुदै छन् ।
जिल्लामा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र निर्धारण भएको छ । ति मतदान स्थललाई सुरक्षाको दृष्टिले बिश्लेषण गर्दा ५ वटा अति संबेदनशिल, १३७ वटा संबेदनशिल र ११ वटा सामान्यमा परेका छन् ।अहिले जिल्लामा ४ लाख ९९ हजार जना मतदाता रहेका छन् । सोही बर्गिकरणका आधारमा सुरक्षा योजना लागु भएको छ ।