
tssbus
Sssbus1
ssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
Ssbus
nsm
Pbu

Asm
Pvg
Sls
Ggd
Gst
Sbs
Rgs
Ssm
Bbbpu
Wsp
Tsm
Hal
Ksm
Vor
nsb
Bbu
Rgu
Rsb
Rgu

Rmb
Rpp
Gsb
sab
Mks
Syp
Abd
Jmb
Jmb
Pls
Bml
bbt
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ५ दलीय गठबन्धन भत्किएको छ ।
नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, राजमो, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच गठबन्धन हुने भनेता पनि अन्तिम अवस्थामा आएर भत्किएको छ ।
५ दलीय गठबन्धन भत्किए पनि नेकपा माओवादी केन्द्र र राजमोले भने तालमेल गरेर जाने टुंगो लगाएर उम्मेदवार बाडफाँड गरि चुनावमा होमिन थालेका छन् ।
यता नेपाली कांग्रेस,जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी भने एक्ला एक्लै चुवान लड्ने तयारी गरेको सम्बन्धित पार्टी का नेताहरूले बताएका छन् ।
भागबण्डामा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले गएराती आफ्नो पार्टीबाट उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले गाउँपालिका अध्यक्षमा जगदम्बाकुमारी चाैधरी र उपाध्यक्षमा हरि भुसाललाई छनाैट गरेको छ । भने १ नम्बर वडा अध्यक्षमा श्यामलाल, पोख्रेल, २ नम्बर वडा अध्यक्षमा युवराज भुसाल ,३ नम्बर वडा अध्यक्षमा उमेश अधिकारी, ५ नम्बर वडा अध्यक्षमा गोवर्धन रावत, ७ नम्बर वडा अध्यक्षमा विद्याशरण चाैधरी र ८ नम्बर वडा अध्यक्षमा प्रभाकरणदेव चाैधरीलाई छनाैट गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र र राजमोको गठबन्धनले अध्यक्षमा प्रकाश विष्टलाई उम्मेदवार बनाउन यस अघि नै सहमति भइसकेको र उपाध्यक्ष लगायत अन्य पदको उम्मेदवार भने सार्वजनिक गरेको छैन, यस्तै नेकपा एकीकृत समाजवादी पार्टी एक्लै चुनाव लड्न थालेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार गाउँपालिका अध्यक्षमा मुकुन्दराज रोका छनाैट भएपनि अन्य पदका लागि सहमति जुट्न नसकेपछि उम्मेदवार छनाैट गर्न नसकिएको प्रदेश कमिटी सदस्य अधिकारीले बताए ।
यता जनता समाजवादी पार्टीले नेपाली कांग्रेस सँग तालमेल गर्न खोजेको छ । सहमती भए तालमेल गरेर जाने सहमति नभए एक्लै चुनावमा लड्ने पार्टीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदीले जानकारी दिएका छन् । तालमेल गर्न दुवै पार्टी बीच अहिले पनि छलफल चलिरहेको एक नेताले बताएका छन् । राप्ती गाउँपालिकामा नेकपा एमाले भने एक्लै चुनाव लड्न थालेको छ ।
