
Ssbus
Gsl
Ssbus
Sssbus1
nsm
Sssbus1
Ssbus
tssbus
ssbus
Pbu

Bbu
Sls
Bbbpu
Ssm
Hal
Rgu
Tsm
Rgs
Wsp
Vor
Ggd
Asm
nsb
Gst
Rsb
Rgu
Pvg
Sbs
Ksm

Mks
Bml
Ptm
Syp
Pls
Gsb
Rmb
Jmb
Jmb
sab
Abd
Rpp
bbt
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशले आसन्न स्थानीय तहको निर्वाचनका लागि लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।
जसमा लमही नगरपालिकाको नगर प्रमुखको लागि जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले टिकट पाउनु भएको छ । नगरपालिकाको प्रमुख पदका लागि नेपाली काङ्ग्रेसबाट एक दर्जन बढी नेताहरु रेसमा हुनुहुन्थ्यो अन्तिममा चौधरीको नाममा टुंगो लागेको हो । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय समितिका प्रवक्ता प्रज्ञान न्यौपानेले भन्नू भयो ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय समितिको बैठकले आइतबार अबेरसम्म छलफल गरि लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुङो लगाएको प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।
प्रमुखमा टिकट पाएका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुल बहादुर केसीसंग पराजित हुनु भएको थियो । यो पटक हुन लागेको निर्वाचनमा चौधरीसंगै अन्य नेताहरु पनि टिकटका लागि दौडधुपमा रहनु भएको थियो । नेपाली काङ्ग्रेसका नेता बासुदेब जंगली, मोहन गिरी, कर्ण बहादुर बुढाथोकी,राकेश पन्त, लिलाराम खनाल पनि टिकटका आकांक्षि रहनु भएको थियो ।
त्यस्तै उपप्रमुखमा लक्ष्मी योगी, गंगा चौधरी, गीता चौधरी अधिकारीको नाम चर्चामा थियो । योगी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियासिल रहदै आउनु भएको छ ।
