दाङ । नेकपा (माओवादी)केन्द्र राजपुर गाउँकमिटीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सहित सातवटै वडाको उम्मेदवारी टुंगो लगाएको छ ।
पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का ‘शिखर’लाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पुष्पा यादवको उम्मेदवारी नाम अघि सारिएको हो ।
त्यस्तै खड्का शिखरका अनुसार वडामा एकीकृत समाजवादीसंग तालमेल गर्ने जानकारी दिनु भयो । हालसम्म माओवादी केन्द्र राजपुरले सातवटै वडा अध्यक्षको नाम समेत टुंगो लगाएको छ ।
जसमा राजपुरको वडा नम्बर १ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष बिष्ण बुढा मगर र वडा नम्बर २ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष दुर्गा शर्मा दोहोरिनु भएको छ भने वडा नम्बर ३ को वडा अध्यक्षमा अघिल्लो निर्वाचनमा प्रत्यासी रामप्रसाद यादव र वडा नम्बर ४ को वडा अध्यक्षमा सर्जुप्रसाद यादव,वडा नम्बर ५ को वडा अध्यक्षमा भोगेन्द्र सिंह राजपूत रहनु भएको छ ।
त्यसैगरी वडा नम्बर ६ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष श्याम रोका दोहोरिनु भएको छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा वर्तमान वडा नम्बर ७ का वडा सदस्य समेत रहनु भएका पुष्कर ओली रहनु भएको छ ।