
Gsl
nsm
Ssbus
Sssbus1
Pbu
Sssbus1
ssbus
tssbus
Ssbus
Ssbus

Tsm
Rsb
Rgu
Sls
Bbbpu
Ksm
Gst
nsb
Sbs
Rgs
Asm
Rgu
Hal
Ggd
Pvg
Bbu
Wsp
Vor
Ssm

Bml
Mks
Abd
sab
bbt
Rpp
Gsb
Rmb
Syp
Jmb
Jmb
Ptm
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्दता सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवसकाे अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे हाे ।
जिल्लाकाे दश पालिका मध्य राजपुर गाउँपालिका भूगोलकाे हिसाबले ठूलो पालिका भएपनि विकास निर्माणमा पछि परेकाे पालिकाकाे रुपमा चिनिन्छ । प्रसस्त प्राकृतिक स्राेत साधन भएपनि अझै पनि नागरिकहरु आधारभुत सेवा सुविधा उपभाेगबाट बञ्चित हुनुपर्ने अवस्था छ । एमाले नेतृत्वमा केन्द्र र प्रदेशमा सरकार हुदा सडक पूर्वाधार देखि कृषि, पशुपालनकाे क्षेत्रमा थुप्रै कार्यक्रम गरिएको छ ।
नेकपा एमाले राजपुर गाउँपालिका कमिटीले नमुना पालिका बनाउने याेजना सहित प्रतिबद्धता सार्वजनिक गरेकाे हाे ।नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै शर्माले सेवा प्राहलाई चुस्त बनाउदै सन्तुलित विकासकाे माध्यमबाट राजपुरकाे समृद्धि प्राप्त हुने उल्लेख गरे । राजपुरकाे विकास हाम्रो प्रतिबद्धता हाे´उनले भने-यहाँकाे विकास, समृद्धि, आर्थिक उन्नयन, उद्यमशिलता, नाका क्षेत्रकाे विकास, नागरिककाे जीवनस्तर सुधार गर्नेगरी अघि बढेका छाैं ।´नेकपा एमाले राजपुर गाउँपालिका कमिटीले सार्वजनिक गरेकाे प्रतिबद्धता पत्रमा राजपुरकाे विकास र समृद्धिकाे आधार कृषि र पशुलानलाइ लिइएको छ । साथै नेपाल-भारत सिमा क्षेत्रमा पर्ने नाका क्षेत्रकाे व्यवस्थित व्यवस्थापनबाट आर्थिक विकास गर्न सकिने उल्लेख छ ।
नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीराण शर्माकाे प्रमुख आतिथ्यता, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य धुब्र आचार्यकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई जिल्ला सदस्य घनश्याम चाैधरी, राजपुर गाउँपालिका इञ्चार्ज कुलराज गिरी लगायतले सम्बाेधन गरेका थिए ।
यस्तै राजपुर गाउँपालिका स्तरीय पार्टी सम्पर्क कार्यालय राजपुर-५ जंग्रहवामा स्थापना गरिएको छ । कार्यक्रमकाे सहजिकरण वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष राजेन्द्रप्रसाद चाैधरीले गरेका थिए ।
