
Sssbus1
nsm
Ssbus
ssbus
Pbu
Ssbus
tssbus
Sssbus1
Gsl
Ssbus

Rgu
Gst
Rgu
Hal
Ksm
Bbu
Bbbpu
Ggd
Rgs
Rsb
nsb
Wsp
Tsm
Sbs
Sls
Asm
Ssm
Pvg
Vor

sab
Bml
Syp
Jmb
Abd
Pls
Gsb
Jmb
Ptm
Rmb
bbt
Mks
Rpp
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तह निर्वाचनको चुनावी सभा घोराहीमा सम्पन्न गरेको छ ।
राप्रपा दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतको सभाध्यक्षता तथा पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा आज घोराहीमा आम सभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता शाहीले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, संवैधानिक राज संस्था स्थापना, भ्रष्टाचार विरुद्ध अभियान, समतामूलक समाज निर्माण, संघीयता खारेज, सुदृढ स्वायत्त शासन प्रणाली लागु तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आफुहरुको मूल एजेण्डा रहेको बताउनुभयो ।
गणतन्त्रका पक्षधरले शासन गरेकाहरुबाट देशमा अहिलेको परिवेश बनेकाले अब वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताउनुभयो । चुनावी आमसभालाई राप्रपाका केन्द्रीय सदस्य मिना स्वर्णकार, प्रदेश उपाध्यक्ष भुपाल रावत, भोलानाथ योगीलगायतले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच, राप्रपाले घोराही उपमहानगरपालिकाको मेयर पदका लागि सरीता देवकोटालाई उम्मेदवार घोषणा गरेको छ । चुनावी सभामा देवकोटालाई मेयर पदको रुपमा उम्मेदवार घोषणा गरिएको हो ।
राप्रपा दाङ क्षेत्र २ का अध्यक्ष नरबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरुभएको आम सभाको सहजीकरण जिल्ला सचिव त्रिभुवन थापाले गर्नुभएको थियो ।
