
Ssbus
Gsl
Ssbus
nsm
Pbu
Sssbus1
Sssbus1
ssbus
Ssbus
tssbus

Gst
Pvg
Ggd
Asm
Bbu
Rgu
nsb
Rgs
Ssm
Ksm
Rsb
Vor
Wsp
Rgu
Tsm
Sbs
Bbbpu
Hal
Sls

Syp
Gsb
Jmb
Bml
Rpp
Abd
Pls
Ptm
Rmb
sab
Jmb
bbt
Mks
कपिलवस्तु । स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।
५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिर्वतनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्यकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन ।
उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन । गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेद्वार वनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली कांग्रेशको मुलधार राजनितिमा छन । कांग्रेश कृष्णनगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफारिस गरेको छ ।
मृदुलभाषी , सरल एवं सानाे बच्चा समेत आफ्नाे कुरा राख्न सक्ने व्यवहारले गर्दा लाेकप्रियता बढेकाेले पनि शाहलाई नगरवासिले फेरी दोहोराउने चाहना गरेका छन । पाँच वर्षको कार्याकालमा जनताले विश्वास जितेका शाहलाई अझै एकपटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए ।
विकाश र परिवर्तनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरीनु पर्ने कृष्णनगर ७ का करिम खानले बताए ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्याम रैदासले शाह नगर प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएकाे भ्रम चिर्न सर्वसाधारणले शाहलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए ।
नेपाली कांग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन । ५ वर्षे अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाहलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ।
यस्तै नगर प्रमुख शाहले ‘धेरै काम त भएका छन् तर केही कामहरु समस्याका समाधान गर्न बांकि छन ती कामहरु पुरा गर्नका लागि आफुले एक कार्यकालको मात्र चाहना राखेको बताए । पहिलो अनुभवमै नगर विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए कृष्णनगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए ।
नगरप्रमुख शाह भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर बहुमतकाे कार्यपालिका नभएकै कारण काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासाेका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुईमत छैन । प्रत्येक दिन जनताकाे बीचमा चाैबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन् ।
