
Ssbus
Ssbus
nsm
tssbus
ssbus
Ssbus
Sssbus1
Pbu
Sssbus1
Gsl

Ggd
Rgu
Gst
Sbs
Asm
Vor
Pvg
Bbbpu
Wsp
Tsm
Sls
nsb
Rgu
Rsb
Hal
Ssm
Rgs
Ksm
Bbu

Ptm
Bml
sab
bbt
Syp
Jmb
Rpp
Pls
Rmb
Jmb
Abd
Mks
Gsb
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशद्वारा यहीँ बैशाख ५ गते लुम्बिनी प्रदेशको वन,वातावरण तथा भू-संरक्षण मन्त्रालयमा धर्ना प्रदर्शन गर्ने भएको छ ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यता र केन्द्रीय वरिष्ठ सल्लाहका जयप्रकाश पाण्डेको विशेष अतिथिमा शनिबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा सम्पन्न भएको बैठकले २०७८/१२/१९ गतेको निर्णय अनुसार बैशाख ५ गते सोमबारको दिन लुम्बिनी प्रदेशको जिल्लाहरुबाट आम जनमानस उतारेर धर्ना प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बैठकमा विगत केही वर्षदेखि निरन्तर नेपाल सरकारको वन मन्त्रालय लगायत अन्य निकायहरुमा पुगेर बैज्ञानिक वनको कार्यविधि लागु गर्न माग राख्दै ज्ञापन पत्रहरु बुझाइएको भएपनि,सम्बन्धित निकायले अहिलेसम्म बेवास्ता गरेको हुँदा अबको विकल्प धर्ना प्रदर्शन गर्नु बाहेक अरु केहि नरहेको भन्दै संघले पहिलो चरणमा लुम्बिनी प्रदेशको वन,वातावरण तथा भु-संरक्षण मन्त्रालयमा धर्ना प्रदर्शन गर्न लागेको अध्यक्ष दिपक कुमार थापाले जानकारी दिनु भयो ।
त्यस्तै उक्त बैठकमा संघका केन्द्रीय अध्यक्ष तथा बैठक कार्यक्रमका प्रमुख अतिथि रेणु सेनले पश्चिम् कैलालीको घटनालाई लिएर दुई राजनीतिक दलको आपसी लडाइँका कारण बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ लाई खारेज गरेको हुँदा देशभरका ७ सय बढी सामुदायिक वनमा लागु भएका बैज्ञानिक वन व्यवस्थापन अहिले लथालिङ्ग अबस्थामा रहेको बताउनु भयो ।
त्यस्तै उहाँले बैज्ञानिक वन व्यवस्थापन भएपछि समुहद्वारा कटानमुछान भएका करोडौंका काठ,दाउरा अहिलेसम्म सडेर जान लाग्दा समुहलाई मात्र नभएर सिङ्गो सरकारलाईनई घाटा भएको हुँदा यसको तत्काल निकासको लागि संघको जिल्ला,प्रदेश र केन्द्रको समन्वयमा सरकारलाई दबाबमूलक कार्यक्रमहरु गर्नु बाहेक अन्य कुनैपनि विकल्प नरहेको बताउनु भएको छ ।
अहिले लुम्बिनी प्रदेशमा हाम्रो कार्यक्रमको तालिकाअनुसार लुम्बिनी प्रदेशको वन,वातावरण भु-संरक्षण मन्त्रालयमा धर्ना प्रदर्शन हुन्छ । त्यसपछि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बसेर केन्द्रीय वन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा देशैभरमा रहेको ७ सय ६५ वटा बैज्ञानिक वन व्यवस्थापनका कार्यसमितिसंग समन्वय गरेर हजारौं जनमानस उतारेर धर्ना प्रदर्शन गर्ने अध्यक्ष सेनले बताउनु भएको छ ।
यस्तै केन्द्रीय वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेले बैज्ञानिक वन व्यवस्थापन लागु हुनु पर्छ भनेर पहिले सरकार आफैले लागु गरेको हुँदा अब जसरी आवेगमा आएर कार्यविधि खारेज गरेको छ,त्यसैगरी सो पुनःसरकारले लागू गर्नु पर्ने बताउनु भएको छ ।
यदि तत्काल कार्यविधि लागू नगरेर आलटाल गरेको खण्डमा सरकारको बिरोधमा जस्तोसुकै संघर्ष गर्न आफुहरु पछि नपर्ने बताउनु भयो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा केन्द्रीय सदस्य नारायण पौडेल,सुर्य मल्ल,सिता पौडेल,प्रेम खड्का,कल्पना ओलि,गोपाल प्रसाद बेल्बासे,लुम्बिनी प्रदेशका सदस्य तुलसिराम भण्डारी,लत्ता चौधरी,हेमनाथ पौडेल,महासंघ दाङ जिल्लाका अध्यक्ष बम कुमारी खड्का,बर्दिया जिल्लाका उपाध्यक्ष बखत बहादुर सिंह,अर्घाखाँची जिल्लाका सुर्य बहादुर घर्ती,प्युठानका अध्यक्ष तुलसिराम पोख्रेल लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका प्रदेश सचिव टोपेन्द्र खड्काले गर्नु भएको थियो ।




