सिधा-पत्र/क्राईमबिट आइतबार, बैशाख ०४, २०७९

काठमाडौं । साना साना विषयमा पनि प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हुँदा हुँदा आफ्नै बुवालाई समेत ‘सेटिङ’ मा सरकारी पदक दिलाएको पाइएको छ । उनका बुवा उत्तम कुमार न्यौपानेलाई बैशाख १ गते बिहिबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे ।

एनआईशी एशिया बैंकका सीईओ न्यौपाने आफैले आफ्नै बुवालाई पदक दिलाउन गृहमन्त्रालय र केही राजनीतिक दलहरुलाई सिफारिस गरेको श्रोतले बताएका छ । सीईओ न्यौपाने आफैले पनि अनलाइनपानासँगको कुराकानीमा एकजनाको नाम सिफारिस गरेको स्वीकार गरेका छन् ।

तपाईले नेतृत्व गरिरहेको बैंकमा पदक प्राप्त गर्न लायक कोहि कर्मचारी थिएनन र बुवाको नाम सिफारिस गर्नुभयो, भन्ने प्रश्नको जवाफमा उनले आफ्नो बुवाको नभइ अर्कै एक जना डाक्टरको नाम सिफारिस गरिएको र हाल उनी देश बाहिर रहेको उनले हामीलाई टेलिफोन वार्तामा बताएका हुन् ।

तर उनी माताहतका एनआईशी एशियाकै सहायक सूचना अधिकारी अर्जुन राज खानियाँले सीईओ न्यौपानेको भनाइलाई खण्डन गरे । उनले कुनै डाक्टरलाई सिफारिस नगरेको बताए । यसले पनि उनको बुवालाई नै सिफारिस गरिएको पुष्टि हुन्छ ।

आफ्नो व्यक्तिगत प्रचारमा रमाउने स्वभाग भएका न्यौपानेले अवार्ड समेत नगदमा खरिद गर्ने गरेका छन् । सीईओ न्यौपाने गत सातामात्रै म्यानेजर अफ दी इयर नामक अवार्डबाट सम्मानित भए । यो सम्मान उनलाई नेपाल व्यवस्थापन संघ (म्यान) ले दिएको हो । उक्त सम्मान उनले पैसा दिएर खरिद गरेको पाइएको हो । म्यान निकट विश्वसनीय श्रोतका अनुसार उनले अवार्ड आफूलाई दिन भन्दै ५० लाख खर्चिएका छन् ।

म्यानका पदाधिकारीहरुलाई सीईओ न्यौपानेले आफूलाई अवार्ड दिए होटल याक एण्ड यतिमा लागेको खर्च व्यहोरिने दिने प्रस्ताव गरेका थिए । ‘पछि नगदमै कुरा मिल्यो, सीईओले अवार्डका लागि ५० लाख दिन तयार हुनु भयो’ श्रोतले भन्यो, ‘त्यति खर्च गरेपछि त अवार्ड पाउनु ठूलो कुरा रहेन ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]