
nsm
Sssbus1
Sssbus1
Gsl
Ssbus
Ssbus
tssbus
Pbu
ssbus
Ssbus

Pvg
Rgu
Asm
Sbs
Rgu
Bbu
Ssm
Wsp
Ggd
Tsm
Bbbpu
Ksm
Gst
nsb
Hal
Vor
Rgs
Rsb
Sls

Abd
Mks
Rmb
Gsb
Bml
Jmb
Rpp
Jmb
bbt
Ptm
sab
Pls
Syp
काठमाडौं । साना साना विषयमा पनि प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हुँदा हुँदा आफ्नै बुवालाई समेत ‘सेटिङ’ मा सरकारी पदक दिलाएको पाइएको छ । उनका बुवा उत्तम कुमार न्यौपानेलाई बैशाख १ गते बिहिबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे ।
एनआईशी एशिया बैंकका सीईओ न्यौपाने आफैले आफ्नै बुवालाई पदक दिलाउन गृहमन्त्रालय र केही राजनीतिक दलहरुलाई सिफारिस गरेको श्रोतले बताएका छ । सीईओ न्यौपाने आफैले पनि अनलाइनपानासँगको कुराकानीमा एकजनाको नाम सिफारिस गरेको स्वीकार गरेका छन् ।
तपाईले नेतृत्व गरिरहेको बैंकमा पदक प्राप्त गर्न लायक कोहि कर्मचारी थिएनन र बुवाको नाम सिफारिस गर्नुभयो, भन्ने प्रश्नको जवाफमा उनले आफ्नो बुवाको नभइ अर्कै एक जना डाक्टरको नाम सिफारिस गरिएको र हाल उनी देश बाहिर रहेको उनले हामीलाई टेलिफोन वार्तामा बताएका हुन् ।
तर उनी माताहतका एनआईशी एशियाकै सहायक सूचना अधिकारी अर्जुन राज खानियाँले सीईओ न्यौपानेको भनाइलाई खण्डन गरे । उनले कुनै डाक्टरलाई सिफारिस नगरेको बताए । यसले पनि उनको बुवालाई नै सिफारिस गरिएको पुष्टि हुन्छ ।
आफ्नो व्यक्तिगत प्रचारमा रमाउने स्वभाग भएका न्यौपानेले अवार्ड समेत नगदमा खरिद गर्ने गरेका छन् । सीईओ न्यौपाने गत सातामात्रै म्यानेजर अफ दी इयर नामक अवार्डबाट सम्मानित भए । यो सम्मान उनलाई नेपाल व्यवस्थापन संघ (म्यान) ले दिएको हो । उक्त सम्मान उनले पैसा दिएर खरिद गरेको पाइएको हो । म्यान निकट विश्वसनीय श्रोतका अनुसार उनले अवार्ड आफूलाई दिन भन्दै ५० लाख खर्चिएका छन् ।
म्यानका पदाधिकारीहरुलाई सीईओ न्यौपानेले आफूलाई अवार्ड दिए होटल याक एण्ड यतिमा लागेको खर्च व्यहोरिने दिने प्रस्ताव गरेका थिए । ‘पछि नगदमै कुरा मिल्यो, सीईओले अवार्डका लागि ५० लाख दिन तयार हुनु भयो’ श्रोतले भन्यो, ‘त्यति खर्च गरेपछि त अवार्ड पाउनु ठूलो कुरा रहेन ।’
