
ssbus
Ssbus
Pbu
Gsl
nsm
Ssbus
Sssbus1
tssbus
Sssbus1
Ssbus

Sbs
Hal
Rgu
Pvg
Wsp
Gst
Vor
Ggd
Bbu
Ksm
Asm
Sls
Bbbpu
Ssm
nsb
Rsb
Tsm
Rgs
Rgu

Syp
Bml
bbt
Rmb
Abd
Jmb
sab
Jmb
Ptm
Mks
Rpp
Gsb
Pls
दाङ । राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीद्वारा लोकतन्त्रको संरक्षण गर्ने र संघीयताको खारेज गर्नु पर्ने माग राख्दै अघि बढेको बताउनु भएको छ ।
देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले शनिबार होटल पाैवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरा बताउनु भएको हो ।
नेपालमा लोकतन्त्र स्थापना भैसकेपछि छिमेकी मुलुक भारतलाई लोकतन्त्र शासन नपचेको र यस शासनलाई हटाउनको लागि बिदेशी पुजीवादीहरु सक्रियतापूर्ण लागिपरेको हुँदा त्यस तत्त्वहरुसंग सामना गर्नको राष्ट्रिय जनमोर्चा पार्टी निरन्तर लागि परेको बताउनु भएको छ । उहाँले संघीयता नेपालको हितमा नरहेको हुँदा तत्काल संघीयतालाई खारेज गर्नु पर्ने बताउनु भएको छ । यतिबेला संघीयताको कारण देशको अर्थतन्त्र तहसनहस भएकोले संघीयता शासनलाई तत्काल खारेज गर्नु पर्ने बताउनु भएको हो ।
यस्तै उहाँले यतिबेला देशमा पुजीवादीले मात्र चुनाव जित्न सक्ने वातावरण सिर्जना भएको टिप्पणी गर्नु भएको छ । आर्थिक चल्खेलको कारण समक्ष,योग्य र नेतृत्व गर्न सक्ने क्षमता हुँदाहुँदै पनि महंगो चुनावले गर्दा त्यस्ता व्यक्तिहरु चुनाव लड्नबाट बन्चित हुनुपरेको बताउनु भयो । मंहगी चुनावले दलाल,भु-माफिया र भ्रष्ट व्यक्तिहरु नेतृत्व तहमा जाँदा देशलाई खोक्रो बनाउने,अनियमितता बढ्ने बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष केसीले पछिल्लो समय चुनावको नजिकमा आएर पार्टी फेर्ने र स्वार्थ पूरा गर्ने परिपाटीले राजनीतिमा व्यापार भएको समेत बताउनु भयो । उहाँले अहिलेको निर्वाचनमा राष्ट्रिय जनमोर्चा सहितको ५ दलीय गठबन्धन प्रतिगमनका लागि बनाइएको बताउँदै सरकारले तोकेको निर्वाचन निर्धारित समयमा हुन आवश्यक रहेको समेत अध्यक्ष केसीले बताउनु भएको छ । साथै उहाँले संघीयता खारेजी र गणतन्त्रको रक्षा भन्ने मुल नारा लिएर राष्ट्रिय जनमोर्चा चुनावमा होमिन लागेको समेत बताउनु भयो ।
राप्ती मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका प्रमुख संरक्षक महेश रिजालले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

