
ssbus
tssbus
Ssbus
Ssbus
nsm
Ssbus
Sssbus1
Gsl
Pbu
Sssbus1

Gst
Rgs
Wsp
Ggd
Tsm
Rgu
Hal
Rsb
Ssm
nsb
Bbu
Pvg
Sls
Asm
Bbbpu
Rgu
Ksm
Vor
Sbs

Gsb
bbt
Abd
Bml
sab
Mks
Rpp
Jmb
Syp
Ptm
Rmb
Jmb
Pls
चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए । उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।
भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने,‘आरामसँग टुंङ्गिन्छ ।’
