
Gsl
tssbus
ssbus
Ssbus
nsm
Ssbus
Pbu
Ssbus
Sssbus1
Sssbus1

Rgu
Rgu
Rgs
Ksm
Vor
Bbbpu
Asm
Hal
Sls
Tsm
Ggd
Gst
Wsp
Ssm
Bbu
Rsb
nsb
Pvg
Sbs

bbt
sab
Rpp
Bml
Rmb
Syp
Pls
Mks
Jmb
Jmb
Abd
Gsb
Ptm
दाङ । आसन्न बैशाख ३० को स्थानीय निर्वाचनका लागि देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेको तर्फबाट महिलै महिलाहरुको निर्विरोध उमेदवारी पार्टीद्धारा सिफारीस भएको छ । चैत्र २७ र २८ मा बसेको पार्टीको वडा तथा गाउँपालिका भेलाबाट वडा अध्यक्ष देखि सबै सदस्यहरुमा समेत पाँचै जना महिलाहरुको नाम उमेदवारीकालागि जिल्ला पार्टीमा सिफारिस भएको पार्टीका सहइन्चार्ज खिमबहादुर बुढामगरले जानकारी दिनुभयो ।
महिलाहरुलाई राज्यको नेतृत्व तहमा जान अवरोध गर्ने नेपाली संस्कार र परम्परालाई चिर्दै एमालेको तर्फबाट दाङको गढवा गाउँपालिका वडानं. ५ मा वडा अध्यक्ष देखि सदस्य सम्म सबै पदमा महिलाहरुले उमेदवारी दिने निश्चित भै सकेको पार्टीले जनाएको हो । जस अनुसार अध्यक्ष पदकालागि सिता थापाको उमेदवारी टुंगो लागेको छ । त्यस्तै खुल्ला सदस्यहरुमा बर्षा पाण्डे,शान्ती चौधरी,महिला सदस्यका लागि प्रतिमा चौधरी र दलित महिला सदस्यमा जिबी बिक को उमेदवारी टुंगो लागेको नेकपा एमाले गढवाका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष जिते भने डटेर काम गर्ने हिम्मतका साथ उमेदवारी दिने निधो गरेकि हुँ–वडा अध्यक्ष पदका उमेदवार सिता थापाले भन्नुभयो । महिलाहरुको नेतृत्वमा हुने काम पारदर्शी हुन्छ त्यसैले पनि पार्टीले महिलाहरुलाई बिश्वाँस गरेर अगाडी सारेकोमा खुसी लागेको छ । निर्वाचन जितेंभने आम जनताहरुको मन जितेर काम गर्ने छु–थापाले भन्नुभयो । महिलाहरुको नेतृत्वले बिजय हाँसिल गरेमा पाँच बर्षमा आफ्नो वडालाई जिल्लाकै नमूना बनाउने छौं उहाँले भन्नुभयो ।
एमाले गढवाका वडानं. ७ बाहेकका सबै वडाहरुमा सर्बसम्मत उमेदवारी टुंगो लागिसकेको छ । वडा नं. ७ मा भने वडा अध्यक्ष पदका लागि ६ जना आकांक्षी देखिएका छन् । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि तिन–तिन जना आकांक्षीको नाम जिल्लामा सिफारिस भएको एमाले गढवाले जनाएको छ । सिधा-पत्रलाई प्राप्त तस्बिर ![]()
