
Tgp
Ssb
Bsn
Ssb
Ksb
Rsb
Ksb
Usb
Gsb
Ksb
Rks
Ppu
Nsb
Fmb
Csb
jsb

Tsb
Hl1
Ssb
Gsb
Usb

Rgu
Nps
ptl
काठमाडौं। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
त्यस्तै काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।
काङ्ग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।
