
Ssbus
Gsl
Ssbus
Pbu
ssbus
tssbus
nsm
Ssbus
Sssbus1
Sssbus1

Ggd
Wsp
Asm
Vor
Hal
Sbs
Pvg
Rgu
nsb
Gst
Sls
Ksm
Rgs
Rsb
Rgu
Bbu
Bbbpu
Tsm
Ssm

Pls
Abd
Syp
Rpp
Rmb
sab
Gsb
Bml
Jmb
bbt
Jmb
Mks
Ptm
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा निर्वाचनका क्रममा बहालवाला जनप्रतिनिधिहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन तथा सवारीसाधनहरुको दुरुपयोग हुने गरेको भन्दै जिल्लामा आचारसंहिताको निष्पक्ष रुपमा निगरानी गर्न पत्रकार तथा सञ्चार माध्यमहरुलाई आग्रह गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसक्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले नेपाली कांग्रेसलाई संगठित बनाउँदै कांग्रेसले गर्ने कामलाई जनतासम्म लैजानका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै निर्वाचनका क्रममा पार्टीका गतिविधिहरुलाई जनतासम्म लगेर सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले त्यसका लागि लागि कांग्रेस र प्रेस युनियनकाविच निरन्तर रुपमा समन्वय र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
पार्टी र युनियनकाविच समन्वय नहुँदा सूचना संप्रेसनमा समस्या हुने गरेको भन्दै आगामी दिनमा यसलाई सुधार गर्नेगरी प्रत्यक महिनाको सात गते नेपाली कांग्रेस क्षेत्र नं. २ र प्रेस युनियनविच सयुक्त बैठक बस्नेत समेत निर्णय गरेको नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव आर.के.शीतलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२का क्षेत्रीय उपभासपति तथा प्रदेशसभा –क)का सभापति प्रकाश श्रेष्ठ, क्षेत्रीय सचिव हिमबहादुर डाँगी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एव सल्लाहकार सुदीप गौतम, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस महासमिति सदस्य नहकुल केसी, प्रेस युनियन दाङका सल्लाहकार बसुन्धारा गौतम, प्रेस युनियन दाङका निर्वतमान सचिव देबेन्द्र बस्नेत,प्रेस युनियनका केन्द्रीय पार्सद अमर क्षितिज भण्डारी, नेपाल पत्रकार महासघका लुम्बिनी प्रदेश सदस्य पार्वती बस्नेतलगायतले सुझाव मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए ।
