काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठकले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा ५ सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ।
सत्ता गठबन्धनका पाँच दलबाट प्रतिनिधित्व हुने गरि उक्त समिति गठन गरिएको हो । जसअनुसार सदस्यहरूमा काङ्ग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ,एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।
त्यस्तै आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न आज बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे थियाे ।