दाङ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै दाङमा चुनावी चर्चा चलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ,गाउँ पुग्न थालेका हुन् ।
जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म लिभिङ गरिरहेका छन् । विभिन्न दलका तर्फबाट दाङको स्थानीय तहहरुमा उम्मेदवारी घोषणामा लागेका छन् भने आफ्नो पक्षमा टिकटको लागि दौडधुपमा देखिएका छन् । दाङको राजपुर गाउँपालिकामा मेयरका,उपमेयरका र वडा अध्यक्ष पदका लागि पनि राजनीतिक दलभित्र रस्साकस्सी सुरु भइसकेको छ । नेपाली काङ्ग्रेस माओवादीकेन्द्र,नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि राजपुर गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष पदका लागि यिनी पार्टीबीच गढबन्धन गरी उम्मेदवार दावी गर्ने देखिएको छ ।
पार्टी गठबन्धन हुने माहोल बढेसँगै नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नं ३ बाट वडा अध्यक्ष पदमा नेता त्रिजुगी नारायण यादव वडा अध्यक्षमा उठ्ने आकांक्षा देखाएका छन् । नेता यादवले वडा अध्यक्ष पदमा चुनाव लड्ने लगभग पक्का नै देखिएको र टिकट पनि पाउने आशा बढि भएको बताउनु भएकोछ । त्यसैगरी सोही वडाका वडा सदस्य उम्मेदवारका पदका लागि नेपाली काङ्ग्रेसकै लालबहादुर यादवले पनि आकांक्षा देखाएका छन्।