
Ssbus
Ssbus
nsm
ssbus
Sssbus1
Pbu
Sssbus1
Ssbus
tssbus
Gsl

Ggd
Gst
Rgu
Bbu
Hal
Asm
Ksm
Ssm
Vor
Rgu
Wsp
Bbbpu
Rsb
Rgs
nsb
Sbs
Tsm
Sls
Pvg

bbt
Pls
Gsb
Jmb
Rmb
Syp
Abd
Jmb
sab
Rpp
Ptm
Bml
Mks
दाङ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै दाङमा चुनावी चर्चा चलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ,गाउँ पुग्न थालेका हुन् ।
जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म लिभिङ गरिरहेका छन् । विभिन्न दलका तर्फबाट दाङको स्थानीय तहहरुमा उम्मेदवारी घोषणामा लागेका छन् भने आफ्नो पक्षमा टिकटको लागि दौडधुपमा देखिएका छन् । दाङको राजपुर गाउँपालिकामा मेयरका,उपमेयरका र वडा अध्यक्ष पदका लागि पनि राजनीतिक दलभित्र रस्साकस्सी सुरु भइसकेको छ । नेपाली काङ्ग्रेस माओवादीकेन्द्र,नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि राजपुर गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष पदका लागि यिनी पार्टीबीच गढबन्धन गरी उम्मेदवार दावी गर्ने देखिएको छ ।
पार्टी गठबन्धन हुने माहोल बढेसँगै नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नं ३ बाट वडा अध्यक्ष पदमा नेता त्रिजुगी नारायण यादव वडा अध्यक्षमा उठ्ने आकांक्षा देखाएका छन् । नेता यादवले वडा अध्यक्ष पदमा चुनाव लड्ने लगभग पक्का नै देखिएको र टिकट पनि पाउने आशा बढि भएको बताउनु भएकोछ । त्यसैगरी सोही वडाका वडा सदस्य उम्मेदवारका पदका लागि नेपाली काङ्ग्रेसकै लालबहादुर यादवले पनि आकांक्षा देखाएका छन्।
