
Ssbus
Ssbus
Pbu
Sssbus1
tssbus
Ssbus
nsm
ssbus
Gsl
Sssbus1

Ssm
Rsb
Hal
Bbu
Ksm
Sls
Rgs
Rgu
Bbbpu
Ggd
Wsp
Gst
Tsm
Asm
Pvg
Rgu
nsb
Sbs
Vor

bbt
Abd
Rpp
Pls
Mks
Ptm
sab
Rmb
Bml
Jmb
Jmb
Gsb
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ बिजुलीपुरमा नेपाली काँग्रेसको उल्लासमय टोल समिति गठन गरिएको छ ।
“घरघर जाऔँ काँग्रेस जिताऔँ” अभियानको क्रममा बुधवार ३३ सदस्यिय टोल समिति गठन गरिएको हो ।
जसको सभापतीमा धनिराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । त्यस्तै उप सभापती हरुमा प्रेम बहादुर चौधरी र रबि बहादुर चौधरी, सचिबमा सीता चौधरी र माधब चौधरी, सहसचिबमा अनिसा चौधरी र सीता चौधरी (B) सर्बसहमतीबाट चुनिएका हुन ।
त्यस्तै सदस्यहरुमा आनन्द नेपाली, रीमा बिक, डम्बर चौधरी, प्यारी चौधरी, प्रेमा चौधरी, डम्बर बहादुर चौधरी, सुनिता चौधरी, सपना चौधरी, उदासी चौधरी, सुमित्रा चौधरी, लिला चौधरी, बुझान चौधरी, भुवन प्रसाद चौधरी, रिता चौधरी, पञ्चु चौधरी, तारा नेपाली, खुसीराम चौधरी, लबरु चौधरी, तुलसीराम चौधरी, कमल बहादुर चौधरी, निर्मला नेपाली, गिता नेपाली, रमा नेपाली, उदेस्नी चौधरी, सीता कुमारी चौधरी र हिरा चौधरी रहेका छन ।
समितिका पदाधिकारीहरुलाई काँग्रेसका नेताहरुले फुल माला अबिरले भब्य स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय महाधिबेसन प्रतिनिधि तथा काँग्रेसका नेता मधु प्रसाद न्यौपानेले काँग्रेसलाई जित दिलाउन गाउँ टोलबाटै सम्पूर्ण समितिहरु अग्रसर हुनुपर्ने बताए ।
काँग्रेसका निम्ति टोलसमिति “जग” को रुपमा भएको र समिति मजबुत भए सिँगो पार्टी नै मजबुत हुने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका न्यौपानेले सधै झुटको खेती गर्ने कम्युनिस्टहरुको पहिचान गर्ने बेला आएको बताए ।
कार्यक्रममा काँग्रेसी नेताहरुले अबको चुनाबमा देशैभर काँग्रेसमय बन्ने र बिकाशका ढोकाहरु खुल्ने बताए । यदी त्यसो गर्न नसके जुत्ताकै माला लगाई दिएपनि स्विकार्य रहेको नेपाली काँग्रेसका केन्द्रीय महाधिबेशन प्रतिनिधी कर्णबहादुर बुढाथोकीले बताए ।
नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ८ का सभापती यादबनाथ योगीको सभापतित्व तथा महाधिबेसन प्रतिनिधि तथा जिल्ला प्रतिनिधि मधु प्रसाद न्यौपानेको प्रमुख आतिथ्य एबम् महाधिबेसन प्रतिनिधि कर्णबहादुर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
क्षेत्र नम्बर १ प्रदेश (ख) का सदस्य गहनलाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिकाका उप-प्रमुख देबका बेलबासे,वडाध्यक्ष मेघ नारायण चौधरी,क्षेत्रिय प्रतिनिधि तथा लमही नगर कार्यपालिका सदस्य नारायणी खड्का,क्षेत्रिय प्रतिनिधि नीला चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण वडा उप-सभापती तथा वडा सदस्य गणेश चौधरीले गरेका थिए ।

