
Sssbus1
Pbu
Ssbus
ssbus
Ssbus
Gsl
Ssbus
nsm
tssbus
Sssbus1

Wsp
Pvg
Rgu
Tsm
Hal
Asm
Rgu
Ksm
Gst
Ggd
Rsb
Ssm
Bbu
Rgs
Sbs
Sls
Bbbpu
Vor
nsb

Rmb
Rpp
Jmb
sab
Pls
Mks
Syp
Bml
Ptm
Gsb
Abd
bbt
Jmb
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ ।
भ्यु टावरको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार उद्धाटन गरे। त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
त्यस्तै उनले तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गरे । उनले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिए । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उनले भान्सालाई औषधालयको रुपमा विकासगर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको आम्दानीको स्रोत हुने बताए । नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर १ सय ३४ फिट उचाइको ११ तले भ्यू टावर निर्माण गरेको हो । तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो । ०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ। कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा भ्यु टावर निर्माण भएको हो ।
लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ । भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्टेसन निर्माण भइरहेको छ ।टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ ।
चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ । बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।
