दाङ । दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको हो ।
उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ भने माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ ।
त्यस्तै उहाँहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टी कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । नेपाली काङ्ग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।