
Gsl
ssbus
Ssbus
nsm
tssbus
Ssbus
Ssbus
Sssbus1
Pbu
Sssbus1

Asm
Pvg
Bbbpu
Sls
nsb
Ggd
Sbs
Ssm
Rgu
Vor
Rsb
Rgs
Gst
Ksm
Tsm
Hal
Rgu
Bbu
Wsp

Abd
Rpp
sab
bbt
Bml
Ptm
Pls
Jmb
Gsb
Mks
Syp
Jmb
Rmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा सहित सयौंको संख्यामा जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले प्रवेश गराएका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । जसपा नेपालको शनिवारको कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जनसंख्याको आधारमा आरक्षण हुनु पर्ने, नागरिकताको समस्या समाधान हुनु पर्ने , कांग्रेस र कम्युनिस्ट बाट नेपालको विकास सम्भव न भएको, मधेस आनदोलनमा कृष्णनगरको भूमिका अविस्मरणीय रहेको बताए ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले स्थानीय चुनावमा जसपा मय बनाउनु पर्ने,मधेशी हरू अझै आफ्नो हितका लागि संघर्ष जारी राख्ने,जनताको भलाईको काम जसपा सधै गर्दै आएको बताए ।
अध्यक्ष अशोक यादवले विकासका हरेक सम्भावना जसपाका परिवार लागेर खोल्नु पर्ने, आउने चुनावमा जसपालाई सबै मिलेर विजयी गराउन आजै देखि लाग्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मंत्री पूर्णमति ढेंगा,सहसराम यादव,जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राज कुमार चौधरी,जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान,लगायत अन्य वक्ता हरूले विकास कसरी गर्ने,जसपा नेपाल पार्टीको आउने स्थानीय चुनावमा भुमिका कस्तो हुने,जनताको हक अधिकार कसरी सुरक्षित गर्ने,जनताको भलाईको काम जसपा सधै गर्दै आएको वक्ता हरूको जोड रहेको थियो । कार्यक्रममा वृजेश कुमार गुप्ता,नइम अरशद इदरिसी,जीवन श्रीवास्तव,लगायत समाजसेवी,पत्रकार, बुद्धजीवी,जसपा नेपाल समर्थक लगायतको उपस्थित रहेको थियो ।
