
Sssbus1
Pbu
tssbus
Ssbus
ssbus
nsm
Ssbus
Ssbus
Sssbus1
Gsl

Vor
Ksm
Rsb
Wsp
Pvg
Ssm
nsb
Bbu
Sls
Hal
Sbs
Asm
Gst
Tsm
Bbbpu
Rgu
Ggd
Rgu
Rgs

Gsb
Syp
Jmb
Abd
Pls
Mks
Ptm
Rpp
Jmb
bbt
sab
Bml
Rmb
दाङ । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तिले आत्मनिर्भर अर्थतन्त्रको विकास आजको आवश्यक्ता रहेको बताउनुु भयो ।
आज घोराहीमा त्रिसंगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन तथा प्रारम्भिक साधारण सभामा उहाँले समाजको जिवनप्रणालीलाई परिवर्तन गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासले महत्वपुर्ण भुमिका खेल्ने बताउनुुभयो ।
त्यस्तै किसानहरुलाई सहुलियतमा ऋणको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले वास्तविक किसानहरुले सरकारी अनुदान नपाएको भन्दै सहुलियतमा किसानहरुलाई ऋणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
प्रमुख अतिथी समेत रहनुुभएका पुनले किसानहरुको उत्पादनशीलतालाई बजारीकरण गर्दै आर्थिक आत्मनिर्भर बनाउँनमा सभामुख घर्तिले जोड दिनुभयो । त्रिसंगम बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सभामुख घर्तिले जीवन परिवर्तनमा सहकारीले महत्वपूर्ण भुमिका खेलेको जनाउँदै उहाँले सहकारीहरुको इतिहासमा पछिल्लो समय सहकारीमा जोडिनेको आकर्षण बढेर आएको बताउनुभयो ।
निती, विधि र सिद्धान्त अनुरुप नेपाललाई आर्थिक रुपमा बलियो बनाउँन आत्मनिर्भताको आवश्यकता रहेको उहाँको भनाई थियो । हरेक परिवर्तनहरु सम्भव हुँने भन्दै उहाँले हिजोको राज्य सत्ता प्रणाली पनि परिवर्तन भएर आएको बताउनुभयो । भोलिको सपना पूरा गर्न सहकारीले ढोका खोल्ने बताउँदै समुह समाज निर्माणमा सहकारी कोसेढुङ्गा भएको उहाँले बताउनुभयो । ऋण र बचतमा मात्र सिमित नभई हरेक क्रियाकलापमा त्रिसंगम बहुउद्देश्यीय सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै सांगठनिक रुपमा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको सभामुख घर्तिको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माले जिल्लामा सहकारीहरु व्यापक हुँदै गएको बताउनुभयो । उहाँले जिल्लामा त्रिसंगम बहुउद्देश्यीय सहकारी स्थापना भएसँगै ६ सय २१ पुगेको पनि बताउनुभयो । उहाँले सहकारीको स्थापना मात्र ठुलो कुरा नभएको भन्दै उल्लेखनीय काम तर्फ त्रिसंगम सहकारी लाग्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा सहकारीहरुले सिप र उत्पादनशीलतालाई जोड दिदै रोजगारसँग आम दाजुभाई दिदीबहिनीहरुलाई जोड्नुपर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले बताउनुभयो । आर्थिक क्रियाकलापसँग सहकारी जोडिने भएकाले सिप, उत्पादन र रोजगारसँग सबैलाई सहकार्य गराउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा त्रिसंगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमारी पुन मगरको अध्यक्षता रहेको थियो । सो अवसरमा घोराही उपमहानगरपालिकाका सहकारी रोजगार प्रबद्धन शाखा प्रमुख होमलाल भुसाल, गोर्खा बचत तथा सहकारी संस्थाका लेखासमिती संयोजक सम्झना घर्ति, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख डिल्लीराज दाहाल, पत्रकार बिमला घर्ति लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्रिसंगम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष रामलाल रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीरण सचिव बिनाकुमारी पुनले गर्नुभएको थियो ।
