Sidha Patra आइतबार, चैत्र १३, २०७८

दाङ । जनता समाजवादी पार्टी नेपाल दाङ जिल्ला समन्वय समितिकाे निर्वाचन केन्द्रित बैठक जिल्ला कार्यालय घाेराहीमा सम्पन्न भएको छ ।

बैठकले प्रस्ताव नम्बर १ मा हाेम प्रसाद शर्माकाे सँयाेजकत्वमा १५ सदस्यिय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेकाे छ । जसमा सँयाेजक हाेम प्रसाद शर्मा,सदस्य कुल बहादुर घर्ती,लक्ष्मी चाैधरी, भरत चाैघरी,सुरेन्द्र चन्द,टाेप बहादुर महतरा,रिता यादव,जगतराम यादव,टाेप बहादुर कार्की जीवन भण्डारी,प्रकाश बिष्ट,माेहन ओलि,रण प्र सुवेदी, आईतराम बिक र बिकास अग्रवाल रहनु भएको छ ।

त्यस्तै प्रस्ताव नम्बर २ मा दाङ जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय निर्वाचन लड्ने निर्णय गर्नुका साथै यहीँ चैत १५ गते सम्म दशवटै स्थानीय तहकाे प्रमुख र उप-प्रमुखकाे नाम शिफारिस गर्न पालिका समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ भने यहि १६ गते जिल्लाले पालिका प्रमुखहरुकाे नाम सार्वजनिक गर्ने निर्णय भएको छ ।

यस्तै प्रस्ताव नम्बर ३ मा स्थानीय निर्वाचनमा आवस्यक गठबन्धनका लागि,हाेम शर्माकाे सँयाेजकत्वमा कुल बहादुर घर्ती,लक्ष्मी चौधरी,जीवन भण्डारी र जगतराम यादव सदस्य रहेकाे ५ सदस्यिय बार्ता समिति गठन गरिएको छ । त्यसैगरी प्रस्ताव नम्बर ४ मा बैठकले,टाेप बहादुर महतराकाे सँयाेजकत्वमा प्रकाश चाैधरी,टाेप बहादुर कार्की, प्रकाश बिष्ट,जीवन भण्डारी,सदस्य रहेकाे ५ सदस्यिय आर्थिक ब्यवस्था उपसमिति गठन गरिएको छ भने प्रस्ताव नम्बर ५ मा जीवन भण्डारीकाे सँयाेजकत्वमा प्रचारप्रसार उपसमिति गठन गर्दै बैठक अत्यन्त साैहाद्र पुर्ण सम्पन्न भएकाे थियो ।

दाङ जिल्ला अध्यक्ष होम प्रसाद शर्माको अध्यक्षता लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको थियो भने सो बैठक कार्यक्रमको संचालन जिल्ला सचिब लक्ष्मी चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]