
Ssbus
Gsl
tssbus
Pbu
nsm
Sssbus1
Sssbus1
Ssbus
Ssbus
ssbus

Rgu
Tsm
Hal
Vor
nsb
Sbs
Pvg
Ggd
Wsp
Ssm
Gst
Bbbpu
Asm
Bbu
Rsb
Rgs
Ksm
Sls
Rgu

bbt
Abd
Mks
Rmb
Rpp
Pls
Syp
sab
Jmb
Gsb
Bml
Ptm
Jmb
दाङ । दाङ जिल्लाको क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
राप्ती गाउँपालिकाको पीपरीमा आयोजित कार्यक्रममा आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फवाट विजयी बनाउन नेता कार्यकर्ताहरुले आब्हान गरेका छन् । प्रदेश सभा क सभापति श्रीपत चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान दाङ प्रतिनिधि केन्द्रिय सदस्य चन्द्र्र केसीको प्रमुख आथित्यता, लुम्विनी प्रदेश सभापति अमर पुन, जिल्ला सभापति शंकर डाँगिकोको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान लाई सफल बनाउने उदेश्यका साथ क्षेत्र नं १ प्रदेश सभा क का पालिका पदाधिकारी, वडा कमिटिलाई लक्षित गरि भेटघाट तथा अन्तरक्रिया गरिएको हो । अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन आब्हान गरिएको छ ।
आगामी निर्वाचन, गत १४ औ महाधिबेशनमा भएको पार्टिको निर्वाचन, एम.सि.सि, गठबन्धनको सरकार, नेपाली कांग्रेसको रणनिति लगायतका विषयमा सहभागि तथा बक्ताहरुले आफना विचार ब्यक्त गर्नु भएको थियो । स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्न घरघरमै नेता कार्यकता जानुपर्नेमा जोड दिईएको छ । यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्तिलाई स्थानीय निर्वाचनमा परिचालन गर्न आब्हान गरिएको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य चन्द्र्र केसी, लुम्विनी प्रदेश सभापति अमर पुन, जिल्ला सभापति शंकर डाँगि, क्षेत्रिय सभापति भेषराज पाण्डे, महाधिशेन प्रतिनिधि जानकीलाल बस्नेत, प्रदिपराज शर्मा, हरि भुसाल, संविधान सभा सदस्य शुसिला चौधरी,पुर्व महासमिति सदस्य नुमानन्द सुवेदि, जिल्ला सचिव अर्जुन योगी, बालिका लम्साल,पुर्व जिल्ला उपसभापति नारायण विसी, जिल्ला सदस्य शेषमणी गौतम, प्रदेश सभा ख सभापति दिनेश गीरी, राप्ती पालिका सभापति विद्याशरण चौधरी, गढवा पालिका सभापति किरण पौडेल, निवर्तमान प्रदेश सभा क सभापति तारा बहादुर डिसी, वड सभापति हुकुम राज यादव, युव राज भुसाल, पोमलाल गिरी, लुम्विनी प्रदेश महाधिशेन प्रतिनिधि खुम बहादु गुरुङ, तरुण दल अध्यक्ष आशिस पौडेल, क्षेत्रिय प्रतिनिधि हस्त गुरुङ, महेन्द्र केसी, अयोध्या प्रसाद चौधरी, रवि जिसी, प्रदेश सभा क उपसभापति जगदम्वा कुमारी चौधरी, सचिव माधव सापकोटा लगायतले विचार ब्यक्त गर्नु भएको थियो ।
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानु परेको यथार्थ जनतामाझ राखीने कार्यक्रममा बताईएको छ ।

