
Sssbus1
Ssbus
Gsl
Pbu
Ssbus
nsm
Ssbus
Sssbus1
tssbus
ssbus

Vor
Sls
Gst
Rgu
Pvg
Ggd
Rgu
Tsm
Bbbpu
Wsp
Ssm
Bbu
Sbs
Rsb
Ksm
Hal
Asm
nsb
Rgs

Rmb
Abd
Bml
sab
Ptm
Syp
bbt
Mks
Jmb
Jmb
Rpp
Pls
Gsb
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले लुकाएर राखिएको अन्तरघातलाई भित्रैबाट पखाल्नुपर्ने बताएका छन ।
आगामी निर्बाचनमा काँग्रेसलाई हार्न छुट नभएको बताउँदै उनले त्यसका लागि घात र अन्तरघात जरैबाट निर्मुल पार्नुपर्ने अबस्था आएको बताए । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”अभियान कार्यक्रममा उनले यस्तो बताएका हुन ।
एकता र मेलमिलाप कायम गर्दै कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन सबैको उत्तिकै जिम्बेवारी रहने बताए । त्यसका लागि वडा तहको साथै टोललाई समेत सक्षम र सबल बनाउन ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता केसीले एमसीसीको नाममा कम्युनिस्टले फिजाएका भ्रममा कुनैपनि सत्यता नरहेको बताए । नेपालमा अमेरिकी सेना आउने उनिहरुको भ्रमलाई चिर्दै उनले कुनै पनि हालतमा अमेरिकी सेना नेपालमा नआउने ठोकुवा गरे । उनलेे नेपालको बिकास हुन नदिने र जनतालाई गरिव बनाएर राजनीति गर्ने कम्युनिस्टको स्वार्थका कारण एमसीसीको बिरोध गरिरहेको बताए । उनले “नेपालमा एमसिसी, अनि भारत र चिनमा ज्वरो” भन्दै ब्यङ्ज्ञात्मक तवरले कम्युनिस्टको लम्पसराबादको सँज्ञा दिए ।
कम्युनिस्टको हरेक निर्बाचनमा उठाउने नारा “बृद्धभत्ता” २०४७ सालमा काँग्रेसले सरकारमा रँहदा सुरुवात गरेको ईतिहास सुनाए । ‘जतिबेला कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेला एकसय रूपैयाबाट बृद्धभत्ताको सुरुवात भएको हो उनले भने-यो कुरा जनता माझमा पय्राउन जरुरी छ, तपाईहरु भण्डाफोर गर्दै अब बोल्नेबेला आएको छ ।’
कार्यक्रममा बोल्ने सहभागीले जनताले दुईतिहाई मत सहित सत्ता सुम्पिएपनि कम्युनिस्टले देश चलाउन नसकेको प्रमाणित भएकाले अबको रोजाइ कांग्रेस भएको बताए । काँग्रेसलाई मजबुत बनाउँदै अन्तरघात त्याग्ने हो भने गठबन्धनको आबस्यक नरहने समेत बताए । नेतृत्वले यसतर्फ गहिरो मुल्याँकन सहित जनताको भावना अनुसार निर्णय गर्नुपर्ने आबस्यक औँल्याए ।
कम्युनिस्ट सरकारमा रहँदा गरेका भष्ट्रचार, बेतिथि, संसद बिघठनलगायत असँबैधानिक कदमलाई जनता माझ लग्दै एमसीसीको बारेमा जनतालाई बुझाउने अभियानलाई जनताको घरघरमा लग्नुपर्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवं संविधानसभा सदस्य राजु खनालले कम्युनिस्ट सरकार भ्रष्टचारको भागबन्डा नमिल्दा देश दुर्घटनाको जोखिममा पुगेको बताए । केपी सरकारले असँबैधानिक तवरबाट देशलाई खतरा तिर ढकेलिरहेको महसुस भएपछि देशको लोकतन्त्र र सँबिधानको रक्षाका निम्ति काँग्रेसले सत्ता लिएको बताए ।
उनले आर्थिक रूपमा कमजोर रहेको नेपालका निम्ती एमसीसी बिकासको लागि महत्त्वपूर्ण परियोजना भएपनि कम्युनिस्टहरुले गलत व्याख्या गरेर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै त्यसलाई जनतामाझ लगेर भ्रम चिर्नका लागि लाग्न सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले उम्मेद्वार भन्दा पार्टीलाई जिताउनु पर्ने बताए । त्यसका लागि कम्युनिस्टले वडा स्तर देखि केन्द्रसम्म गरेका बेतिथी हरु जनता माझमा खुलेर बुझाउनुपर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्यहरु सुशीला चौधरी, जानकीलाल बस्नेत, नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरी, नेपाली कांग्रेस दाङका पुर्व जिल्ला उपसभापति नारायण बिसी,नेपाली कांग्रेसका जिल्ला सदस्य पूर्णबहादुर बस्नेत,नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापती बिद्याशरणा चौधरी, नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पौडेल,नेपाल महिला संघ क्षेत्र न १ का सभापती खिमादेबी रिजाल,प्रदेश प्रतिनिधि नवाफ अलि लगायतले कांग्रेसलाई मजबुत बनाउन तल्लो स्तरबाटै आ-आफ्नो भुमिकामा केन्द्रित हुनु पर्ने बताए । आगामी निर्वाचनमा वडा स्तरदेखी केन्द्र सम्म काँग्रेसमय बनाउन सच्चा काँग्रेसी कार्यकर्ता भएर छातीमा हात राख्दै गर्भका साथ चुनाबमा होमिन सबैलाई आग्रह गरे ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको शभापतित्व तथा केन्द्रीय सदस्य चन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्षेत्र नम्बर १ प्रदेश (क) का सभापती श्रीपत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीहरुलाई (ख) का सभापती दिनेश गिरीले धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा क्षेत्र नम्बर १ अन्तरगतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गरेका हुन ।

