
Sssbus1
Ssbus
Ssbus
tssbus
nsm
Ssbus
Sssbus1
Gsl
Pbu
ssbus

Wsp
Bbbpu
Rgu
Ggd
Ksm
Sbs
Pvg
Hal
Vor
Asm
Bbu
Rgu
Tsm
Rsb
Rgs
Sls
Ssm
Gst
nsb

Jmb
Rpp
Bml
Rmb
Gsb
sab
Jmb
Syp
Abd
Pls
Ptm
bbt
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस,लाेसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्दै गएको छ ।
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लाेकतन्त्रिक समाजवादी पार्टी,नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव,इलाकत धाेबी,सफिक धुनिया,राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्ज मा प्रवेश गरेका छन् ।
नेकपा एमाले केन्द्रीय पाेलिट व्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे भनिन् कि एमाले पार्टी दलित,गरिब,असहाय,मजदुर र आम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको छ । महाराजगन्जकाे मुहार फेर्नकाे लागि हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबै काे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टी ले नीति नियम बनाएको बताइन् ।
नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले भने कि नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन । पार्टी मा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ ।
नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा भने कि लाेसपा पार्टी काे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टी मा प्रवेश गरेकाे छ । आ ज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले आम जनताको हक,अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी नेकपा एमाले हाे ।
त्यसैगरी लुम्बिनी प्रदेश सअ-इन्चार्ज विमला घिमिरे, कपिलवस्तु इन्चार्ज बलराम अधिकारी,कपिलवस्तु अध्यक्ष डम्मर शर्मा,जिल्ला सचिव सि.वी गहतराज, प्रदेश सभा सदस्य अर्जुन के.सी,शिवराज नगरपालिकामा प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका,गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन ।
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल,बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे,महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा,सह-इन्चार्ज शिवराम खड्का, मैराज खा,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव संताेष त्रिपाठी ले गर्नु भएको थियो ।
