अजय मिश्र/कपिलवस्तु आइतबार, फाल्गुण २९, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस,लाेसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्द‌ै गएको छ ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लाेकतन्त्रिक समाजवादी पार्टी,नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव,इलाकत धाेबी,सफिक धुनिया,राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्ज मा प्रवेश गरेका छन् ।

नेकपा एमाले केन्द्रीय पाेलिट व्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे भनिन् कि एमाले पार्टी दलित,गरिब,असहाय,मजदुर र आम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको छ । महाराजगन्जकाे मुहार फेर्नकाे लागि हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबै काे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टी ले नीति नियम बनाएको बताइन् ।

नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले भने कि नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन । पार्टी मा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ ।
नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा भने कि लाेसपा पार्टी काे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टी मा प्रवेश गरेकाे छ । आ ज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले आम जनताको हक,अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी नेकपा एमाले हाे ।

त्यसैगरी लुम्बिनी प्रदेश सअ-इन्चार्ज विमला घिमिरे, कपिलवस्तु इन्चार्ज बलराम अधिकारी,कपिलवस्तु अध्यक्ष डम्मर शर्मा,जिल्ला सचिव सि.वी गहतराज, प्रदेश सभा सदस्य अर्जुन के.सी,शिवराज नगरपालिकामा प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका,गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल,बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे,महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा,सह-इन्चार्ज शिवराम खड्का, मैराज खा,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव संताेष त्रिपाठी ले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]