
Gsl
tssbus
Sssbus1
ssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1
nsm
Bs1
Pbu

Bbu
Rgu
Bbbpu
Ssm
nsb
Rsb
Sbs
Wsp
Asm
Sls
Ggd
Gst
Ksm
Rgs
Hal
Tsm
Rgu
Pvg
Vor

Gsb
Jmb
Rpp
Pls
Bml
Rmb
Ptm
sab
Abd
Mks
Syp
Jmb
bbt
दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाले आइतवार दाङको घोराहमिा एक कार्यक्रमको आयोजना गरि तिन बर्षको अवधिमा देउखुरीको गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा करोडौंका भौतिक संरचनाहरु निर्माण गरेको र परियोजनाको अवधिमा गाउँपालिका संग समन्वय सहकार्य गर्दैै बिभिन्न सामाजिक बिकासका कामहरु गरेको जानकारी गराएको छ ।
दाङका जिल्ला समन्वय अधिकारी मोहन सुवेदीको अध्यक्षतामा घोराहीको भृंग्रेली भिलेजमा आयोजित सरोकारवाला संगको जिल्ला स्तरीय समन्वय बैठकमा आम्दा माइण्ड्स जापानको सहयोगमा संचालित आम्दा नेपालको उक्त परियोजनाले तिनबर्षे अवधीमा गढवामा गरेका कामहरुको बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगत बहादुर शाहीले आम्दा नेपालले तिन बर्षमा गरेको कृयाकलापलाई नजिकबाट नियाली रहेको र यो परियोजना लाई दाङ जिल्लाकै अन्य पालिकामा निरन्तरता दिनुपर्ने बताउनुभयो । गढवामा सबैका र सधैकालागि देखिने काम गर्नुभयो अब देउखुरीकै अर्को दुर्गम भूगोल राजपुरमा आम्दाको जरुरी छ–उहाँले भन्नुभयो । कार्यक्रममा जिल्ला समनवय अधिकारी सुबेदीले आम्दा नेपालले गढवामा धेरै प्रशंसायोग्य कामहरु गरेको भन्दै यस्ता परियोजना ल्याउन आफुले खेल्नुपर्ने भूमिकामा थाप सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले परियोजनाको कार्यक्रमलाई थप गरि निरन्तरता दिन आग्रह गरेका छन् ।
गढवा गाउँपालिका संगको समन्वय सहकार्यमा आम्दा नेपालले करोडौंको लगानीमा देउखुरीको गढवामा आठवटा भौतिक संरचनाहरु सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण समेत गरेको छ । जस अन्तर्गत वडानं.१ के कालाकाटे,वडानं.२ को महदेवा तथा चिमचिमे,वडानं.३ को गोबरडिहामा गरि चारवटा सामुदायिक स्वासथ्य इकाई भवनहरु निर्माण गरि आबश्यक स्वास्थ्य उपकरण तथा सामाग्री समेत प्रदान गरेको छ । यसैगरी गढवाको दुर्गम भुगोल खबरीनाका,मुसीनाका,खबरीखुटी र कक्रहवामा गरि चारवटा गाउँघर स्वास्थ्य क्लिनक भवनहरु निर्माण तथा रंगरोगन गरि आवश्यक सामाग्रीहरु समेत गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
यसैगरी कोभिड–१९ को रोकथाम तथा प्रतिकार्य गतिविधिमा प्रत्यक्ष संलग्न भएर गाउँपालिकालाई सहयोग गरेको र १ लाख नगद हस्तान्तरण गरेको, आमा समूह,महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मातृशिसु स्वास्थ्यका थुप्रै सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको,किशोर–किशोरीहरुलाई यौन तथा प्रजनन् सम्बन्धि कार्यक्रमहरु संचालन गरेको र स्वास्थ्य संस्थाहरुमा मातृशिसु स्वास्थ्यका गतिविधिहरुमा टेवा पुर्याएको कार्यक्रममा जानकारी गराइएको थियो ।
त्यस्तै तिनबर्षे अवधीमा आटवटा भौतिक संरचना र सामाजिक बिकासका सबै कार्यक्रमहअरुमा झण्डै ७ करोडको लगानी गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो । कैयन पटक स्वास्थ्य ब्यवस्थापन समिति र स्वास्थ्यकर्मिहरलाई स्वास्थ्य सचेतना अभिमुखिकरण गरेको,गढवाका ६१ खेप क्लिनीक र २३ गाउँघर क्लिनीकमा १९२२ जनालाई सेवा प्रबाह गरेको, बिभिन्न दिवस समारोहहरुमा आम्दाको प्रत्यक्ष संलग्ता रहेको र कुल २ सय २२ पटक आमा समूहहरुलाई बैठक सहजीकरण,२ सय ४४ गर्भवतीहरुको जाँच,आठ जना स्वास्थ्य कर्मिहरुको क्ष्मता बिकासका लागि इम्प्लाण्ट तालिम,रेडियो सचेतना कार्यक्रम,अर्धबार्षिक समिक्षा गोष्ठि र गाउँपालिका तथा जिल्ला स्तरीय समन्वय बैठकहरु नियमित रुपमा संचालन गर्दै हरेक बर्ष सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाईहरु गर्दै आएको कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी मोहन सुवेदी,स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाही,नेपाल परिवार नियोजन संघ दाङका प्रमुख बसन्त खनाल,स्वास्थ्यका लागि सक्षम प्रणलीका अर्चना आचार्य,हरिजंग रायमाझी,गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरी रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्ध र ब्याकवार्ड सोसाइटी एजुकेशन फिल्ड संयोजक संजय कुमार चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा तिनबर्ष सम्म आम्दा नेपालले गढवामा गरेका कृयाकलापका बारेमा कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत प्रशान्त पंगेनीले गर्नुभएको थियो ।

