
Sssbus1
Gsl
Ssbus
Sssbus1
tssbus
Ssbus
Ssbus
Pbu
ssbus
nsm

Ssm
Wsp
Rgs
Sls
Gst
Tsm
Sbs
Pvg
Rsb
Ggd
Rgu
Bbbpu
Ksm
Bbu
Hal
Rgu
nsb
Vor
Asm

Bml
Rpp
Gsb
Abd
bbt
Rmb
Ptm
Jmb
Jmb
Pls
Mks
sab
Syp
कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्ष राम प्रघट कोरी, उपाध्यक्ष राम बहादुर सुनार, सचिव पदम सुनार, कोषाध्यक्ष खुम सुनार र सह सचिव जानकी विश्वकर्मा लगाएत ५१ सदस्य जिल्ला कमिटी गठन गरीएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले नेकपा एमालेको केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशमा गरेको उत्कृष्ट कार्यले विभिन्न पार्टी परित्याग गरी र देशभरीका आम जनताले एमालेमा प्रवेशको लहर चलेको बताउनु भयो । एमालेसँग कुसल, सक्षम, र विश्वासिलो नेतृत्व भएकोले एमाले हुनुमा गर्व गर्नुपर्ने केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले बताउनुभयो ।
एमाले जनताको बहुदलीय जनबाद र गरिबको पार्टी भएको बताउँदै पार्टी प्रवेशको लहरले नेकपा एमाले केपी ओली नेतृत्वको सरकार बन्नेमा कुनै दुई मत नरहेको विश्वकर्माले दाबी गर्नुभयो । तराई, पहाड र हिमालका जनतामा बिना भेदभाव समान दृष्टिकोणले हेर्ने पार्टी नेकपा एमाले मात्र भएको जिकिर केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले जिकिर गर्नुभयो । प्रचण्डले सत्ताको लोभमा एकतालाई फुटाएको बताउँदै प्रचण्डलाई देशका जनताले राम्रोसँग चिनेको उहाले बताउनुभयो । त्यस्ता नकारात्कमक देशको कुभलो हुने कुराको पछाडी नलागी देशको विकास र समृद्धि चाहने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन विश्वकर्माले अनुरोध गर्नुभयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले मुलुकको समृद्धि अन्य कुनै पनि पार्टी ल्याउन नसक्ने दाबी गर्नुभयो । अहिले गठनबन्धनको सरकारको कार्यशैलीलाई हेर्दा देश दुर गतीतिर गईरहेको चिन्ता व्यक्त गर्दै एमाले अब सबै सार्वभौँम, सम्पन्न खालका कार्यलाई अगाडी सारेर एमालेले शाससन सत्तालाई चलाउन आवश्वक रहेको प्रति केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले जोड दिनुभयो ।
यस्तै नेकपा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले पञ्चायत र गणतान्त्रिक आन्दोलनको अवस्थामा दलितहरु हेपिएको बताउँदै यस आन्दोलनमा सहभागी भएर आफ्नो हक अधिकारको लागि दलितहरुले संगठन मार्फत गरेका योगदानहरु सराहनीय कार्य भएको बताउनुभयो । नेकपा एमाले कपिलवस्तु जिल्ला इन्चार्ज समेत रहनुभएका अधिकारीले यो देशमा जनताको हितमा काम गर्ने नेकपा एमाले मात्र भएकोल बैशाख ३० गते स्थानीय निर्वाचनमा सबै तहमा नेकपा एमोलेका उमेद्धारहरुलाई जिताउन आह्वान समेत गर्नुभयो ।
कपिलवस्तु जिल्लामा नेकपा ऐमालका नेतृत्वले नेपाल उत्पीडित जातीय मुक्ति समाज विस्तारमा महत्वपुर्ण योगदान सम्झदै समाजमा शोसित पिडित दलित समुदायको पक्षमा सधै रहने र अधिकार प्रप्तीको लडाई लड्ने एक मात्र पार्टी नेकपा एमाले भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव सि.बि गहतराजले बताउनुभयो ।
कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश अध्यक्ष नन्द विश्वकर्मा, नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष टिका वि.कको अध्यक्षतामा संचालित ५ औ जिल्ला सम्मेलन पुर्ण परियारको संचालनमा सम्पन्न भएको थियो ।

