
mbd
Mbdvs
Anm
Pbu
Rbs
Gisld
Ksm
Sds
Gmk

Rgu
Bbu
Tsm
Sbs
Asm
Ggd
Sls
Vor
Pvg
Bbbpu
Rgs
Wsp
Hal
Ksm
Gst
Rgu
nsb
Ssm
Rsb

sab
Jmb
Rmb
Pls
Rpp
Abd
Ptm
Gsb
Syp
Bml
bbt
Jmb
Mks
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोलामा ऐतिहासिक भोटे मेला सोमबारदेखि शुरु भएको छ ।
मेलाको चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नु भएको हो । मेलाको उद्घाटन गर्दै अध्यक्ष घर्तीले आर्थिक विकासका लागि ऐतिहासिक महत्व बोकेका स्थानीय मेलाको संरक्षण आवश्यक रहेको बताउनु भएको छ । उहाँले मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकेमा आर्थिक विकासको दिगो लक्ष्यलाई भेटाउन सहयोग पुग्ने बताउनु भएको छ ।
त्यस्तै ऐतिहासिक महत्व बोकेको मेलाको महत्वलाई जोगाइराख्न स्थानीयले सक्रियता बढाउनुपर्ने बताउनु भयो । मेलाका संयोजक दिपक केसीको अध्यक्षता तथा चेम्बर अफ कमर्शका अध्यक्ष घर्तीको प्रमुख आतिथ्यताममा मेलाको शुभारम्भ गरिएको हो ।
शिब मन्दीर संचालक समितिका अध्यक्ष एकराज ढकालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर–७ का वडा सभापति ओमबहादुर वलीले मेलाको ऐतिहासिकतालाई जोगाइराख्नुपर्ने बताएका छन । कार्यक्रमको सहजीकरण आयोजक समितिका साँस्कृतिक सहसंयोजक प्रेमविवश घर्तीले गरेका हुन ।
भोटे मेलाको महत्व के ?
पर्सेनीस्थित कालोखोलामा कुनै समय हिमाली भेग हुम्ला, जुम्लासम्मका मानिसहरू (भोटेहरू) घोडा लिएर मेलामा आउँथे । उनीहरू जाडो छल्न पुस माघमा दाङमा आउँथे । कालोखोलाको भोटे मेलामा भोटेहरू घोडा दौडाउँथे । सबैभन्दा राम्रो दौडने घोडा खरिद गर्न साहु महाजन र जमिन्दारबीचमा हानथाप चल्थ्यो । हिमाली भेगका मानिसहरू (जुम्ली, भोटेहरू) राडी, पाखीदेखि औषधीय गुण भएका जडिबुटीहरू ल्याएर बेच्ने गर्थे । भोटे मेला हिमाल, पहाड र तराईको संगम स्थल थियो । वर्षदिनपछि बिछोडिएका मानिसहरू यही बेलामा भेटिन्थे ।
छिमेकी देश भारतको तुलसीपुरबाट व्यापारीहरू मेलामा सरसामान बेच्न आउँथे । मुख्यगरी उनीहरू नुन, तेल, मट्टीतेलको व्यापार गर्थे ।भेली (गुरू) मिठाइको पनि उत्तिकै व्यापार हुन्थ्यो । जेरी समोसा खुबै खपत हुन्थ्यो । दंगाली र आसपासका पहाडी जिल्लाहरू रोल्पा, सल्यान, रुकुमका मानिसहरू कृषि उपजहरू बेच्थे । ऐतिहासिक भोटे मेला पछिल्लो समय माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रहरी प्रशासनले नै सुरक्षाको कारण देखाउँदै २०५६ सालदेखि भोटे मेलामा प्रतिबन्ध लगायो ।
त्यसपछि फेरि केहि वर्ष अघिदेखि मात्रै भोटे मेला ब्युँताउने प्रयास शुरु भएको हो । शिवरात्रीको अवसरमा भोटे मेला लाग्ने गर्दथ्यो तर यसवर्ष केहि ढिलागरी शुरुवात भएको छ । सोमबारदेखि शुरु भएको मेला चैत ३ गतेसम्म संचालन हुने मेला आयोजक शिव मन्दिर संचालक समितिले जनाएको छ ।
