अजय मिश्र/कपिलवस्तु सोमबार, फाल्गुण २३, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद त्यागेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् ।

कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् । यस पार्टीले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको हो ।

जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला समेत रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]