Sidha Patra सोमबार, फाल्गुण २३, २०७८

काठमाडौँ । सिंहदरबारस्थित चण्डीदल गणको ५ तले भवनको निर्माण हुने भएको छ । उक्त भवनको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार शिलान्यास गरेकी हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा निर्माण हुने उक्त भवन २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । कूल ३६८ बेड क्षमताको उक्त भवन ६५ करोड ९५ लाख ४९ हजार ९६४ रुपैयाँ लागत अनुमान गरिएको छ । तुण्डी रसुवा बिकोई जेभीले निर्माण गरिरहेको भवन १ लाख वर्ग फिटमा निर्माण हुँदैछ । कूल ७०२ जना सैनिक अट्ने भवनमा १९२ जनाले एकै पटक खाना खान सक्ने किचन समेत निर्माण हुनेछ ।

भवनभित्र सैलुन, लुगा धुने ठाउँ, वर्कसप, ४ वटा ब्याडमिन्टन कोर्ट र एक बास्केटबल कोर्ट समेत निर्माण गरिने विभागले जनाएको छ । भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइन् । मन्त्रालयको तर्फबाट सेनाको लागि उक्त भवन निर्माण गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री झाँक्रीले ताेकिएकाे समयमै हस्तान्तरण गर्न समेत आतुर रहेको बताइन् ।

यस्तै भवन निर्माण कम्पनीका प्रतिनिधि सुमन सुवेदीले आफूहरू समयमै निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सिंहदरबारभित्र गुणस्तरीय सैनिक भवन निर्माण हुनु सुखद विषय भएको बताए । उनले सेना विकास र शान्तिको अमूल्य सूचक भहेको भन्दै सेनालाई स्रोत साधन सम्पन्न बनाउन मन्त्री झाँक्रीको पहल सराहनीय रहेकाे बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, शहरी विकास सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनाली, रक्षा सचिव किरणराज शर्मा लगायतकाे उपस्थिति थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]