
Ssbus
Pbu
nsm
ssbus
tssbus
Sssbus1
Sssbus1
Ssbus
Ssbus
Gsl

Rgs
Gst
Hal
Rsb
nsb
Bbu
Sls
Pvg
Ksm
Ssm
Ggd
Tsm
Rgu
Bbbpu
Wsp
Vor
Sbs
Asm
Rgu

sab
Mks
Syp
Bml
Pls
Abd
Rpp
Ptm
bbt
Jmb
Gsb
Rmb
Jmb
दाङ । नेपाली काँग्रेसलाई मजबुत बनाउन यतीबेला देशैभर टोल समितीहरु गठन भईरहेका छन । दाङको देउखुरीमा पनि नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई निरन्तरता दिईरहेको छ ।
शनिबार लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर २) मा १२ सदस्यिय टोल समिति गठन गरिएको छ । जसको सभापतीमा खुसीराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । उप-सभापतीमा अस्मती चौधरी, सचिबमा कृष्ण घर्ती मगर, सहसचिबमा लक्ष्मी सुनार, कोषाध्यक्षमा प्रमिला चौधरी चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा सन्तोष घर्ती मगर,रामकृष्ण चौधरी, भगत नारायण चौधरी, मिना न्यौपाने,तिलु बिक, मँगल चौधरी र कमल नारायण चौधरी रहेका छन । ७ नम्बर वडामा ३ समिति गठन गर्ने लक्ष्य छ । यो सँगै साबिक सतबरिया गाबिस १ र २ नम्बर वडामा वडा समिती गठन भईसकेका छन । ३ नम्बरमा आगामी शनिबार टोल समिती गठन गर्ने कार्यक्रम रहेको वडा सभापती सालिकराम चौधरीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय महाधिबेशन प्रतिनिधी मोहन गिरीले टोल समितीलाई काँग्रेसको जगका निम्ति बिस्तार गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले नव पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै गाउँ टोल टोलमा देशप्रतीको काँग्रेसको सिद्धान्त लाई परिभाषित गरि काँग्रेसमय बनाउन सबैलाई सुझाए । स्थानिय तहको निर्बाचनलाई ईँगित गर्दै उनले पार्टीको निर्णय अनुसार निर्बाचनको प्रतिष्प्रधामा आउने उम्मेदवारलाई जिताएर समग्र काँग्रेसलाई जिताउनु हुन सबैमा आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाँस बक्ताले पछिल्लो समय काँग्रेसको माहोल बनिरहेका बेला आपसी लडेर भन्दा जुटेर निर्बाचनको मैदानमा जानुपर्ने बताए ।
यस्तै वडा सभापती सालिकराम चौधरीको सभाध्यक्ष तथा केन्द्रीय महाधिबेसन प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्य एबम् नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ कि क्षेत्रिय सदस्य उर्मिला चौधरी,प्रदेश सभा ख का सभापती दिनेश गिरी र लमही नगर सभापती सन्तोष बुढाथोकीको विशिष्ट आतिथ्यमा टोल समिति गठन गरिएको हो ।
त्यस्तै वडा नम्बर ७ का उप-सभापती लिखराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय प्रतिनिधि शेर बहादुर बुढा, महिला सँघ दाङकि सचिब लक्ष्मी योगी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सहसचिब कुलबहादुर बुढा मगरले गरेका थिए ।

