टेकबहादुर पुन शनिबार, फाल्गुण २१, २०७८

दाङ । नेपाली काँग्रेसलाई मजबुत बनाउन यतीबेला देशैभर टोल समितीहरु गठन भईरहेका छन । दाङको देउखुरीमा पनि नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई निरन्तरता दिईरहेको छ ।

शनिबार लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर २) मा १२ सदस्यिय टोल समिति गठन गरिएको छ । जसको सभापतीमा खुसीराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । उप-सभापतीमा अस्मती चौधरी, सचिबमा कृष्ण घर्ती मगर, सहसचिबमा लक्ष्मी सुनार, कोषाध्यक्षमा प्रमिला चौधरी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा सन्तोष घर्ती मगर,रामकृष्ण चौधरी, भगत नारायण चौधरी, मिना न्यौपाने,तिलु बिक, मँगल चौधरी र कमल नारायण चौधरी रहेका छन । ७ नम्बर वडामा ३ समिति  गठन गर्ने लक्ष्य छ । यो सँगै साबिक सतबरिया गाबिस १ र २ नम्बर वडामा वडा समिती गठन भईसकेका छन । ३ नम्बरमा आगामी शनिबार टोल समिती गठन गर्ने कार्यक्रम रहेको वडा सभापती सालिकराम चौधरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय महाधिबेशन प्रतिनिधी मोहन गिरीले टोल समितीलाई काँग्रेसको जगका निम्ति बिस्तार गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले नव पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै गाउँ टोल टोलमा देशप्रतीको काँग्रेसको सिद्धान्त लाई परिभाषित गरि काँग्रेसमय बनाउन सबैलाई सुझाए । स्थानिय तहको निर्बाचनलाई ईँगित गर्दै उनले पार्टीको निर्णय अनुसार निर्बाचनको प्रतिष्प्रधामा आउने उम्मेदवारलाई जिताएर समग्र काँग्रेसलाई जिताउनु हुन सबैमा आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाँस बक्ताले पछिल्लो समय काँग्रेसको माहोल बनिरहेका बेला आपसी लडेर भन्दा जुटेर निर्बाचनको मैदानमा जानुपर्ने बताए ।

यस्तै वडा सभापती सालिकराम चौधरीको सभाध्यक्ष तथा केन्द्रीय महाधिबेसन प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्य एबम् नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ कि क्षेत्रिय सदस्य उर्मिला चौधरी,प्रदेश सभा ख का सभापती दिनेश गिरी र लमही नगर सभापती सन्तोष बुढाथोकीको विशिष्ट आतिथ्यमा टोल समिति गठन गरिएको हो ।त्यस्तै वडा नम्बर ७ का उप-सभापती लिखराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय प्रतिनिधि शेर बहादुर बुढा, महिला सँघ दाङकि सचिब लक्ष्मी योगी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सहसचिब कुलबहादुर बुढा मगरले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]