
Ssbus
nsm
Ssbus
Pbu
ssbus
Sssbus1
tssbus
Sssbus1
Ssbus
Gsl

Rgu
Vor
Pvg
Hal
Sls
Rsb
Gst
Ssm
Ggd
Bbu
Tsm
nsb
Rgs
Ksm
Sbs
Rgu
Asm
Wsp
Bbbpu

Bml
Rmb
Gsb
Pls
Jmb
Mks
sab
Jmb
Ptm
Syp
Abd
bbt
Rpp
सुर्खेत । बिहानैदेखि बन्दले प्रभावित बनेकाे सदरमुकाम वीरेन्द्रनगर स्थित नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा बन्द कर्ताले तोडफोड र आगजनी गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी समेत गरेका गरेका छन। अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे छ । भिड नियन्त्रणमा आए पनि थप घटना हुन नदिन ठुलाे मात्रामा सुरक्षाकर्मी परिचाल गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरले जनसहारा अनलाइन संग बताए।
भाेलि सम्म कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि आज बेलुका ७:३० बजे जिल्ला सुरक्षा समितिको आपतकालीन बसेकाे बैठकले कर्फ्यू लगाउने निर्णय गरेको छ।
वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।
आज ८:१५ बजेबाट भाेली साझ ७ बजेसम्मकाे लागि पुर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा लाटिकाेइली शिव मन्दिर हुँदै काक्रेबिहार देउती बज्यै देखि सुब्बाकुना क्षेत्र भित्र लागू गरिएको प्रजिअ रिजालले बताए।जनसहारा
