
Ssbus
Sssbus1
Pbu
tssbus
nsm
ssbus
Sssbus1
Gsl
Ssbus
Ssbus

Tsm
Sls
Gst
Bbu
Sbs
Asm
Pvg
Wsp
Ssm
Rgu
Ksm
Hal
Rgs
nsb
Vor
Rgu
Rsb
Bbbpu
Ggd

bbt
Jmb
Pls
Jmb
Rpp
Bml
Abd
Rmb
Syp
Ptm
Mks
Gsb
sab
कपिलवस्तु । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन।
आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम नगर अधिवेशनमा युवाहरुको उत्साह मिर्जा राशिद बेग तिर बढ़ी रहेकाले पार्टीका वरिष्ठ नेताहरु पनि राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको अध्यक्षमा मिर्जा राशिद बेग, उपाध्यक्ष दिपेंद्र कुमार चौधरी, सचिव बदरे आलम मुसलमान, सहसचिव ओम प्रकाश तेली,मुजक्कीर अहमद मुसलमानलाई चयन गरिएको छ।प्रथम नगर अधिवेशनले ६१ सदस्सीय नगर कमिटी गठन गरेको छ।
बेग व्यापारको शिलसिलामा विदेश बस्दै आएका थिए तर दुई तीन बर्ष देखि नेपालमा रही आफ्नो उद्योग संचालन गरि व्यापार गर्नुको साथ साथै नेकपा (एमाले)पार्टीमा रही निरन्तर पार्टी तथा जनताको बिच रही युवा,महिलाहरु लाई रोजगार दिने समाजका गरिब परिवारहरु लाई सहयोग गरि गरिबा परिवारको घरमा चुलो जलाउने काम समेत गरि रहेको कुरा दिपेंद्र कुमार चौधरीले बताएका छन। मिर्ज राशिद बेगले जनताको घर घरमा पुगी नेकपा एमाले पार्टीको निती सिद्धांत बारे जानकारी गराइ सयौ युवा,महिला तथा व्यापारीहरुलाई आफ्नो पहलमा पार्टी प्रवेश गराई कृष्णनगरमा नेकपा एमाले लाई बलियो बनाई पार्टी प्रवेश गराएकाहरू लाई सक्रिय राजनितीमा ल्याएको कार्य प्रति उत्साहित भई आज प्रथम नगर अधिवेशनमा उपस्थित वरिष्ठ नेता तथा युवाहरुले राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको जिम्मा वेग तथा वेगका साथ निरन्तर पार्टीको हक हितका लागि लागेका युवासहरु लाई दिएका छन् । युवाहरुको साथमा रही संगठनलाई थप मजबुतीका साथ अंगाड़ी बढाउदै आउने स्थानीय चुनावमा पुर्ण बहुमतका साथ कृष्णानगरमा स्थापित हुने प्रतिबद्धता नवनिर्वाचित राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरका अध्यक्ष मिर्जा राशिद बेगले बताएका छन्।
राष्ट्रीय युवा संघ नेपाल प्रथम नगर अधिवेशन कृष्णानगर कार्यक्रमको अध्यक्षता कृष्णानगर नगर कमिटि अध्यक्ष सन्दीप प्रताप मौर्या, कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु जिल्ला राष्ट्रीय युवा संघ नेपालका सह इन्चार्ज गणेश बहादुर केसी, विशिष्ट अतिथि नेकपा एमालेका वरिष्ठ नेता मंगल प्रसाद गुप्ता,अतिथी राष्ट्रीय युवा संघ नेपालका पुर्व केन्द्रीय सदस्य शाह नवाब रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी केसीले युवाहरु नै देशका भविष्य हुन र यो भातृ संगठनले नेकपा एमाले पार्टी को सिद्धांत प्रति समर्पित भइ देश हितमा काम गर्न अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।
