
Ssbus
Ssbus
tssbus
Ssbus
nsm
Pbu
Sssbus1
Sssbus1
Gsl
ssbus

Rsb
Rgs
Vor
Bbu
Tsm
Bbbpu
Pvg
nsb
Ssm
Gst
Sbs
Asm
Ggd
Rgu
Hal
Sls
Rgu
Ksm
Wsp

sab
bbt
Syp
Rpp
Abd
Gsb
Rmb
Mks
Jmb
Ptm
Jmb
Bml
Pls
बुटवल । रुपन्देहीको देवदह खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको अध्यक्षमा नेकपा (एमाले) का गुमानसिंह कुँवर बिजयी हुनुभएको छ। कुँवरले १७०८ मत प्राप्त गरी ६ दलिय गठबन्धनलाई पराजीत गर्नुभयो ।
आइतवार बिहान घोषणा गरिएको खानेपानीको अन्तिम नतिजा अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी ६ दलिय गठबन्धन तर्फका उम्मेदवार मोतिलाल ढकालले १२६७ मत प्राप्त गर्नुभएको निर्वाचन मन्डलले जनाएको छ । विजयी कुँवर यस अघि पनि अध्यक्ष हुनुहुन्थ्यो भने ढकाल गत निर्वाचनमा पनि विभिन्न दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । निर्वाचन मन्डलका अनुसार उपाध्यक्षमा एमाले तर्फकी अनिशा पौडेल विजयी हुनुभएको छ । वहाले १५०९ मत ल्याउदा गठबन्धन तर्फको उमेदवार मिना देवि रिमालले १३९८ मत प्राप्त गर्नुभएको थियो।
सचिब पदमा एमाले तर्फका हरी पाण्डेय विजयी हुनुभएको छ । वहाले १५६१ मत ल्याउदा गठबन्धनका उमेदवार डिल्लीराज मरासिनिले १३२४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्ष पदमा एमालेकै कृष्णप्रसाद ज्ञवाली विजयी हुनुभएको छ । वहाले १६२६ मत ल्याउदा गठबन्धनका उमेदवार थानेश्वर भट्टराईले १२२७ मत प्राप्त गर्नुभएको छ ।
वडा नं ५ मा एमाले तर्फका चक्रपाणी न्यौपाने र अनिता कुवँर वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाहरुले क्रमस ४८७ र ४४० मत ल्याउदा गठबन्धनका शोभा कुमारी थापाले ४१० र श्रीप्रसाद उपाध्यायाले ३४२ प्राप्त गर्नुभएको छ । वडा नं ६ मा भने गठबन्धन तर्फका रुकात्मक भारतीले वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले २३४ मत ल्याउदा एमाले तर्फका विष्णु न्यौपानेले १७५ मत प्राप्त गर्नुभएको हो ।
वडा नं ७ मा एमाले तर्फका उमेदवार उपेन्द्रमान पाण्डे र गौमती बुढाथोकी वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाहरुले क्रमस ५७३ र ५५७ मत ल्याउदा गठबन्धनका गोबिन्द खरेलले ४२५ र दुर्गादत्त कंडेलले ५०६ मत प्राप्त गर्नुभएको थियो ।
वडा नं ८ मा एमाले तर्फका रिम ब. ढेगा मगर वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले २६४ मत ल्याउदा गठबन्धनका प्रेम नारायण खरेलले १६८ मत प्राप्त गर्नुभएको छ । वडा नं ९ मा एमाले तर्फका विष्णु भट्टराई वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले ९३ मत ल्याउदा गठबन्धनका लता चापागाईंले ६९ मत प्राप्त गर्नुभएको थियो ।
