
Ppu
Ksb
Nsb
Tgp
Ssb
Ssb
jsb
Gsb
Csb
Bsn
Usb
Rsb
Ksb
Fmb
Rks
Ksb

Tsb
Hl1
Usb
Ssb
Gsb

Rgu
ptl
Nps
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनीमा रहेको एक किराना पसलमा आगलागी हुँदा करिब १८ लाखको क्षेति भएको छ । सोही ठाउँ निबासी सुमित्रा वलीले संचालन गर्दै आएको किराना पसलमा भएके आगलागिबाट पसलमा रहेका किरानाका सामान, नगद, केहि मत्वपूर्ण कागजात लगाएतका सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिनुभयो । बिहानको ३ बजेर २० मिनेट जाँदा पसलमा आगलागि भएको प्रहरीले बताएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी साहेक निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोली, तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगोलाई आधा घण्टामा नियन्त्रण लिएको थियो । पर्सेनीमा डिउटीमा रहेका सुरक्षाकर्मीले आगालगि भएको देखेपछि नियन्त्रणका लागि स्थानीय, घरधनी र दमकलाई खबर गरिएको थियो । प्रहरीले १८ लाख बराबरको क्षेति भएको मुचुल्का बनाएको छ ।
