दाङ । दाङमा एमसीसीविरुद्ध व्यापक मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
विरोध सभालई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने र नागरिकका भावनामाथि कुल्चेर एमसीसी पास गरे जनता चुप लागेर नबस्ने बताउनु भयो। Mcc यदि सहयोग हो भने संसदबाट किन पास गर्नु पर्यो ? एमसिसि सम्झौतामा लेखिएको छ कि अमेरिकन संसदबाट बन्ने नियम कानुन नेपालले मान्नुपर्छ । थापाले एमसिसि विरुद्धका अगामी कार्यक्रमहरुमा आमजनतालाई उपस्थितिको लागि अनुरोध गर्नु भयो।
त्यसैगरी नेकपा (माले)का कपिल पोख्रेल , नेकपा ( क्रान्तिकारी माओवादी) का तिलक बिक र नेकपा का कामरेड निर्मल लगायतले मन्तब्य राख्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।