शिवराज पन्थी/गढवा सोमबार, फाल्गुण ०९, २०७८

दाङ । सोमवार देउखुरीको गढवामा एक कार्यक्रमका बिच १०९ औं शाखाको रुपमा सांग्रीला डेभलप्मेण्टको शाखा कार्यालय उद्घाटन भएको छ । उक्त बिकास बैंक नेपालगंज बाँकेका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलधुनका साथ बैंकको नाममा रहेको बोर्ड अनाबरण गरि उद्घाटन गर्नुभएको हो ।

बैंकको उद्घाटन गर्दै अध्यक्ष यादवले बिकास र समृद्धिको माध्यम मध्येको बैंक पनि एक भएको बताउँदै गढवा क्षेत्रका जनताको मन जित्नेगरि बैंकले आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडानं.६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले सेवाग्राहिलाई सन्तुष्ट पार्न सकेमा बैंकको सफलता हुने बताउनुभयो ।

सो अवसरमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले किसान तथा ब्यवसायि मैत्रि वातावरण सृजना गर्न बैंकलाई शुभकामना दिनु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघ गढवाका संस्थापक अध्यक्ष युवराज पोखे्रल,चेतनशिल महिला समाज गढवाका अध्यक्ष सकुन्तला डिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा गढवाका बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु,बैंक तथा बित्तिय संस्थाका प्रमुखहरु र स्थानीय ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

स्थानीय बिकासको आधार भन्ने मुल नाराका साथ देउखुरीको गढवामा १०९ औं शाखाको रुपमा उक्त शाखा देउखुरीको गढवामा सोमवारदेखि संचालनमा ल्याईएको शाखा प्रबन्धक तेज बहादुर नेपालीले बताउनुभयो । बिगत १८ बर्ष अगाडी सांग्रीला डेभलप्मेण्ट बैंकको स्थापना बाँके जिल्लाबाट भएको र यसले अहिले नेपालका अधिकांश जिल्लाहरुमा शाखा बिस्तार गरि सकेको क्षेत्रिय प्रबन्धक जयन्द्र खड्काले बताउनुभयो ।

यस बैंकले बैंकीङ सेवा अन्तर्गत बचत तथा कर्जा प्रबाह,एटिएम सेवा,सेमिट्यान्स सेवा,जेष्ठ नागरिक र महिलाहरुका लागि बिशेष प्राथमिकता,कृषि तथा ब्यवसायिक क्षेत्रमा कर्जा प्रबाह र अधिकतम ब्याजदरका साथ साधारण तथा मुद्दतिमा क्रमशः ११.५५ र १२.५५ प्रतिशतले सेवा प्रबाह गरेको शाखाका प्रबन्धक नेपालीले बताउनुभयो । बैंकका शाखा प्रबन्धक तेज बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको बैंक उद्घाटन कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]