
Sssbus1
Ssbus
ssbus
Sssbus1
Ssbus
Pbu
nsm
Ssbus
Gsl
tssbus

Vor
nsb
Rgs
Tsm
Rgu
Ksm
Pvg
Rgu
Gst
Ggd
Sbs
Hal
Bbu
Sls
Bbbpu
Wsp
Asm
Rsb
Ssm

Bml
sab
Syp
Abd
Rpp
Ptm
bbt
Jmb
Rmb
Mks
Pls
Gsb
Jmb
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको ३ दिन पछि पुन: मुल्य वृद्धि गरेकाे छ।
शनिबार दिउसो विज्ञप्ति सार्वजनिक गर्दै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरि पेट्रोल र डिजेल र मट्टितेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले बढाएको जनाएको छ।
याे नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १४५ र डिजेल र मट्टितेलको प्रति लिटर १२८ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने देखिएको हुदा मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।
अहिलेकाे मूल्य अनुसार भारत भन्दा नेपालमा पेट्रोल, डिजेल र मट्टीतेल सस्तो रहेकाे समेत दावी गर्दै भारतकाे रक्सौलमा र नेपालकाे विरगंन्जकाे मूल्य तुलना अनुसार नेपालमा पेट्रोल प्रतिलिटर रु २९|२४ र डिजेल, मट्टीतेलमा प्रतिलिटर रु २२|३१ दरले सस्तो रहेकाे जनाएको छ।
