
nsm
Sssbus1
Pbu
Gsl
Ssbus
Sssbus1
Ssbus
Ssbus
ssbus
tssbus

Rgu
Gst
Ggd
Tsm
Bbu
Rgu
Vor
Sls
nsb
Wsp
Rsb
Ksm
Hal
Sbs
Asm
Rgs
Bbbpu
Pvg
Ssm

Rmb
Gsb
bbt
Mks
Pls
Rpp
Syp
Jmb
Abd
sab
Ptm
Bml
Jmb
काठमाडौं । एमसिसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ।
एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।
यस्तै नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको भन्दै आजको बैठक बोलाइएको बताए।
‘संसदलाई कसरी सुचारू गरिने, एमसिसीलाई कसरी संसदमा लैजाने भन्नेबारे बिहिबार साँझ छलफल भयो,’ मन्त्री कार्कीले भने, ‘थप छलफल गर्न शुक्रबार बिहान १० बजे बैठक बस्छ। प्रधानमन्त्रीले फागुन १६ भित्र एमसिसी पारित गर्नुपर्छ भन्नुभएको छ। छलफल त्यही दिशामा छ।’
यद्यपि आज बस्ने संसद बैठकमा भने एमसिसी टेबल नहुने भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए। ‘एमसिसी शुक्रबार पनि टेबल नगर्ने सहमति भएको छ,’ ती नेताले सेतोपाटीसँग भने, ‘अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं, गठबन्धन भरसक नटुटाऔं भन्ने छ।’
कांग्रेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधूप बढेको हो ।
त्यस्तै पाँचदलीय गठबन्धन बैठक सकिनेबित्तिकै बिहिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ। त्यसअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसिसी राखिएको छैन।
