
Gsbus
Csbus
gms
Ssbus
Pbu
Ratbs
dsbus
Bksbus5
Jsbus
syysr
Syees
Amb
Ddhbs
Nssbus7
Rbs
Gsl

Ksm
Pvg
Vor
Ggd
Rgu
Rsb
Sls
Tsm
nsb
Rgs
Wsp
Sbs
Asm
Hal
Ssm
Rgu
Gst
Bbu
Bbbpu

Abd
Rpp
Rmb
Jmb
Jmb
Syp
Bml
Pls
sab
Ptm
bbt
Mks
Gsb
सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,
भारत सरकार,
नयाँ दिल्ली, भारत,
नमस्कार !
मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाकोबावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ ।
नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ।
प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि , नेपाल भ्रमणको बेला संसदमा सम्बोंधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाई – भाई को सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारी का सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँ को स्वागत र बिदाई मा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन्।
प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा भारतद्वारा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौ होला ? अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वनै भयावित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यू ले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्न साथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौ ।
साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारत प्रति हेर्ने सकरात्मक दृष्टीकोर्ण आम नेपाली जनमानसमा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छु।
म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्रपत्रीका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनीरहदा आम नेपाली जनता यस्तो महामारीको बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भै भारतको बिरोध गरिरहेको देख्दा भावुक भई प्रधानमन्त्रीज्यूलाई यस पत्र लेखिरहेको छु।
त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यूलाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटी भारतले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन। हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिकबल फिर्ता लैजानु हुन र भारतद्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु।
साथै नेपाल र भारतको सम्बन्धलाई पुन: सुदृढ गर्दै दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोडदिदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्भाह गर्दिनुहुन भनि प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु।
तपाईंको शुभेच्छुक ,
विनय तिमल्सिना
नेपाली युवा
ठेगाना: काठमाडौँ, नेपाल
मोवाइल: +९७७-९८५११७१०८६
