अजय मिश्र/कपिलवस्तु बुधबार, फाल्गुण ०४, २०७८

भैरहवा । चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।

नागरिक समाज,रुपन्देहीले भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताएका छन । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताएका छन । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन ।

त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा बोल्नुपर्ने बताएका थिए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताएका छन । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत कार्य भएको बताएका छन् ।

नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताएका थिए । त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकार संग आग्रह गरेका छन । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए । राजेन्द्र गुप्ताको अध्यक्षता, ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यता तथा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]