दाङ । आइतवार गढवा गाउँपालिका वडानं.४ पर्सेनी बस्ने फातिमा खातुन आफ्नो बच्चा लिएर कालीका प्राथमिक बिद्यालयमा पुग्नुभयो । त्यहाँ पुग्दा बिद्यालयको फिल्डमा टनाटन कापि किताव र स्टेशनरी सामानहरु देख्दा दंग परेकी खातुनले झोलामा नअटाउने कापि किताब र स्टेशनरी सामान पाउनु भयो । सोही बिद्यालयमा पढ्ने आफ्नो बच्चालाई यत्तिधेरै सामान पाइएला भनेर कल्पना सम्म नगरेको उहाँले बताउनुभयो ।
कापी किताब पाइन्छ भन्ने खबर बिद्यालयबाट थाहा पाएकी सोही गाउँकी जरीना खातुन पनि आफ्नो बच्चा लिएर बिद्यालय पुग्नुभयो । एकै छिनको कार्यक्रम पछि आफ्नो बच्चाको नाम बोलाएर बच्चाले बोक्र्नै नसक्ने थुप्रै कापि,किताव र अन्य सामाग्री पाएपछि खुसीहुदै झोला बोकेर घर फर्किनु भयो । आइतवार सो बिद्यालयका ४६ जना अभिभावकहरु आफ्ना बालबच्चा लिएर कापि किताब र स्टेशनरी लिन बिद्यालयमा पुगेका थिए । बिद्यालयमा आयोजित कार्यक्रममा बच्चालाई झण्डै एकबर्षलाई पुग्ने सामानहरु पाउँदा सबै अभिभावकहरु खुसी हुदै घर फर्किए ।
प्रसंग हो, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ देउखुरी क्षेत्रीय समितिले नबौं राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसर पारेर आयोजना गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रमको । आइतवार देउखुरीको गढवा ४ स्थित कालिका प्राथमिक बिद्यालयका सबै बिद्यार्थीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ देउखुरीले बिद्यार्थीहरुले बोक्नै नसक्ने गरि झण्डै २ लाख १ हजार ७ सय १० बराबरका शैक्षिक सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
महासंघ देउखुरी क्षेत्र स्तरीय समितिका अध्यक्ष कमल खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै शिक्षा प्रमुख बिश्वकर्माले पुस्तक तथा स्टेशनरी महासंघको कार्यको प्रशंसा गर्नुभयो । बिपन्न र सिमान्तकृत नागरिकहरुका वालवच्चाहरुले अध्ययन गर्ने गढवाको यस बिद्यालयलाई रोजेर महासंघले शैक्षिक सामाग्री वितरण गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।
बिद्यालयको पठन पाठनको गुणस्तर बृद्धिगर्न शिक्षक,अभिभावक र बिद्यालय ब्यवस्थापन समिति गंभिर भएर लाग्नुपर्ने उहाँको सुझाव रहेको थियो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरब बहादुर रावलले बिपन्न नागरिकका बालवच्चाले पढ्ने स्कूल छानेर संघले कार्यक्रम बनाएको बताउनु भयो । एउटा पुस्तक हजारौं साथीको संगत र ज्ञानको भण्डार भएकोले पठन संस्कृतिको बिकास भएमात्र बौद्धिक समाजको निर्माण र राष्ट्रको समृद्धी सम्भव हुने रावलले बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष रावलले राष्ट्रिय पुस्तक दिवसका लागि सरकारसंग बहस पैरबी भै रहेको र सरकारले पनि बसन्त पञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा देउखुरीका गढवा,लमही,राजपुर गंगदी,भालुबाङ,कालाकाटे,लालमटिया,सिसहनिया,नर्ति,फल्कापुर,बनगाउँ,सुण्डबरी,देउपुर,पचाहा,रामनगर,उठैया लगायत देउखुरीका बिभिन्न क्षेत्रका ४१ ज्ना ब्यवसायिहरुले शैक्षिक सामाग्रीहरु प्रदान गरेको जानकारी गराइएको थियो भने महासंघ देउखुरीले ४६ थान झोला ब्यवस्थापन गरेको थियो ।
सो अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ दाङका पुर्व अध्यक्ष दिपक भुसाल, सहसचिव भानुप्रसाद यादव,जिल्ला उपाध्यक्ष पदम भण्डारी,जिल्ला सदस्य ताराप्रसाद चुँदाली, बिद्यालयका प्रअ छुनीलाल चौधरी,बिब्यस अध्यक्ष अतिउल्ला मनिहार,पत्रकारहरु शिबराज पन्थी र दुखहरण यादव लगायतले पुस्तक ब्यवसायि महासंघको कदम प्रति प्रशंसा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन महासंघ देउखुरीका क्षेत्रीय सचिव अनिल पौडेलले गर्नुभएको थियो । पुस्तक दिवसको सन्दर्भः (लेखक नेपाल पुस्तक तथा स्टेशनरी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भैरब बहादुर रावल हुनुहुन्छ । )
राष्ट्रिय पुस्तक दिवसमा औपचारिकता भित्र अनौपचारिकता मिसिएको छ । औपचारिकता यस अर्थमा छ कि यस पेशामा आबद्ध हामी हौसिएर बर्षमा एक पटक पुस्तक दिवस मनाइरहेका छौं । अनौपचारीकता यस अर्थमा छ कि सरकारले यसलाई हाम्रो बहस र पैरबी जारी रहँदा पनि राष्ट्रिय दिवस वा पर्वको रुपमा ग्रहण गर्न सकिरहेको छैन । फलतः पुस्तकसंग एकदमै नजिक जोडिएका शिक्षक बिद्यार्थी शिक्षाकर्मि,लेखक, साहित्यकार,बिश्लेषक, अभिभावक र बुद्धिजीवीहरुको पङ्ति यो पर्व मनाउनबाट केहि सकारात्क हुनु जरुरी छ र सकारात्मक पनि देखिएको पाइन्छ । हुनत पुस्तक प्रेमीहरुकालागि प्रत्येक दिन पुस्तक दिवस नै हो । तर हामीले पुस्तक दिवस मनाउनुको मुख्य उद्देश्य पुस्तकलाई नअंगालेकाहरुले अपनाउन सकुन । हरेक मानिसमा पुस्तक पढ्ने अभिरुचि जगाउन सकियोस भन्ने हो । सभ्य समाजको निर्माण होस र पठन संस्कृतिको बिकास होस । पुस्तक प्रेमीहरुको जमात खडा गर्न सकियोस भन्ने हाम्रो अभिप्रायः हो ।
यसैले यो एक दिनले आफैमा छुट्टै महत्व राख्दछ । पुस्तक अर्थात् ज्ञान, बिज्ञान,साहित्य र दर्शन समाज बिकासका अभिन्न अंगहरु हुन । पुस्तकले मनव जिवनको स्वास्थ्य, खेल,राजनीती,ब्यवसाय आदी जिवनको हरेक पाटो प्रष्टयाउन सक्ने चेतना जागरण गराउँछ । अझै भन्नुपर्दा मानव जिवनको हरेक पाटोको मार्गदर्शन गर्ने हाते क्याटलक पुस्तक हो । यत्ति महत्वपुर्ण र संबेदनशिल बिषयमा सरकारले ध्यान देख्दा दुःख मात्र होइन चिन्ता पनि लाग्छ तर हाम्रो संगठनले हार भने मानिहल्नु हुदैन । किनकी हामी जस्ता शुभचिन्तक सर्जकहरुले लगातार यस बिषयमा सरकारको ध्यानाकर्षणका लागि आवाज बुलन्द गरिरहेका छौं । अब ढिलो चाँडो सरकारले पुस्तक दिवसको घोषणा गर्ने पर्छ भन्ने हाम्रो मानयता हो ।
आजका युवा पिंढीमा भ्यालेण्टाइन डे प्रति यत्ति क्रेज छ तर पुस्तक दिवसको खबर पनि छैन । कतै हामी आफै अभिभावकहरु त चुकेका छैनौ? सुभ कार्यको सुरुवात गर्नलाई कहिल्यै ढिलो गर्नु हुदैन । हरेक अभिभावकहरुले आफ्ना वालवच्चाहरुलाई पुस्तकको अर्थ र महत्वका बारेमा बोध गराउनु जरुरी छ । ज्ञान र पुस्तक पर्यायवाची शब्द हुन भन्दा फरक नपर्ला । ज्ञान र नेत्र एक अर्काका परिपुरक हुन् ।
नेत्र दिवस मनाउने सरकारले पुस्तक दिवस किन नमनाउने ? पुस्तक हजारौं साथीको संगत हो । ज्ञानको भण्डार हो । पठन संस्कृतिको बिकासले बौद्धिक समाजको निर्माण गर्छ र राष्ट्रको समृद्धि ल्याउँछ । देशको समृद्धिका लागि हरेक नागरिकहरुको घर घरमा लाइब्रेरी र हात हातमा पुस्तक हुनु आवश्यक छ । पुस्तकालय दिवसको अर्थ र महत्व बुझ्न र बुझाउन हामी महासंघको तर्फबाट सरकारसंग बहस र पैरबी गरि नै रहयौं भने हाम्रो आवाजले एक दिन सार्थकता पाउने छ ।