
Gsl
Sssbus1
Sssbus1
tssbus
Ssbus
Pbu
Ssbus
nsm
Ssbus
ssbus

Vor
Asm
Rgu
Rsb
Gst
Rgs
nsb
Rgu
Bbu
Ggd
Ssm
Sls
Pvg
Bbbpu
Hal
Sbs
Tsm
Wsp
Ksm

Bml
sab
Syp
Ptm
Gsb
Rmb
Jmb
bbt
Abd
Jmb
Mks
Pls
Rpp
प्युठान । प्युठानको गौमुखी गाउँपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ । गौमुखी –६ लिवाङमा शनिबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले नगद राहत दिने निर्णय गरेको हो ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले जानकारी दिनुभयो । उहाँकाअनुसार गाउँपालिकाले ४ लाख रूपियाँ बजेट तत्काल व्यवस्था गरेर राहत उपलब्ध गराउनेछ ।
अध्यक्ष गिरिले बिपदमा परेका नागरिकलाई राहत उपलब्ध गराउन गाउँपालिकाले कार्यबिधी बनाएको समेत जानकारी दिनुभयो । नौबहिनी गाउँपालिका –६ लुङबाट बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात र नौबहिनीका एक जना गरी आठ जनाको ज्यान गएको थियो । दुर्घटनामा बेहुलाबेहुली्सहित ५ जना घाईते भएका थिए । आइतबार गाउँपालिकाले शोक बिदा दिएको छ ।
